You are here: Homeअर्थअर्थबीरगंज भंसारमा नियम बिपरीत परेको टेंडर अझै कायमै

बीरगंज भंसारमा नियम बिपरीत परेको टेंडर अझै कायमै

Written by  Published in अर्थ Thursday, 03 November 2016 22:40
Rate this item
(0 votes)

बीरगंज  कार्तिक बीरगंज भंसार कार्यालयले अशोज १३ गते खुलेको टेंडर नियम बिपरीत रहेको एक जाना ब्यापारीले नाम नखुलने शर्तमा बतायक छन् । शीलबंदी टेंडर आह्वानगरी लिलाम गरेको बिदेशी ब्रण्डका भोडका रक्सी एउटा फर्मलाई कार्यालयको नियम परिधिलाई मिचेर दिने निर्णय गरेको कुरा सार्बजनिक भएको छ । बीरगंज कार्यालयले ३  हजार ९ सय ६० बोतल बिदेशी ब्रण्डका भोडका शीलबंदी टेंडर आह्वान माग गरेकोमा अशोज १३ गते खुलेको टेंडरमा भगवती कोल्ड ड्रिंक्सले ३८ लाख ५० हजारमा टेंडर साकार गरेकोमा सो फर्मले भुझाउनु पर्ने आवश्यक कागजाहरु नहुँदा पनी भंसार प्रमुख सेवांत पोखरेलले  सो टेंडर सदर गरेका छन् । समाचार श्रोत का अनुसार बिदेशी भोडका सिलबंदी टेंडर प्रक्रियाको लागी भंसार कार्यालयको मुद्दा फाटबात ९ ओटा टेंडर बिक्री भयको थियो बिक्री भयको टेंडर मध्ये २ ओटा मात्र दर्ता भयको थियो  एउटा ३८ लाख  ५० हजार अर्को २५ लाख मांग गरेको शीलबंदीमा टेंडर एन बिपरीत गएर बिभिन प्रभाव र दबाबमा आयर उक्त  टेंडर स्वीकृत गरेको छ । मिती २०७३ अशोज २१ गतेका दिन जिल्ला प्रशासन कार्यालय पर्सामा च.न. ६९९ बाट बीरगंज भंसार कार्यालयको नाममा परेको निबेदन अझै अन्योलमा रहेको निबेदकको भनाई छ ।

 

Read 683 times Last modified on Thursday, 10 November 2016 21:13

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012