You are here: Homeअर्थअर्थवीरगञ्ज भन्सारद्वारा तीन महीनामा २७ अर्ब राजश्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा तीन महीनामा २७ अर्ब राजश्व सङ्कलन

Written by  Published in अर्थ Wednesday, 26 October 2016 15:28
Rate this item
(0 votes)

कात्तिक  वीरगञ्ज मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालयले चालु वर्षको पहिलो त्रैमासमा २७ अर्ब रुपैयाँभन्दा बढी राजश्व उठाएको छ । भन्सारको यो सङ्कलन लक्ष्यको तुलनामा ५ प्रतिशत बढी हो । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेलका अनुसार चालु वर्ष २०७३÷७४ को साउनदेखि असोजसम्ममा २७ अर्ब १७ करोड ५६ लाख २८ हजार रुपैयाँ राजश्व असुली भएको छ । तीन महीनाका लागि भन्सार कार्यालयलाई २५ अर्ब २९ करोड ९५ लाख ४८ हजार रुपैयाँको लक्ष्य तोकिएको थियो । 

सङ्कलित रकम अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा १२ अर्ब ६९ करोड ५८ लाख ८० हजारले बढी हो । अघिल्लो आर्थिक वर्ष साउन अन्त्यदेखि सुरु भएको वीरगञ्जकेन्द्रित तराई÷मधेस आन्दोलनका कारण राजश्व सङ्कलन अवरुद्ध भएको थियो । त्यसबेला भन्सारको राजश्व १४ अर्ब ४७ करोड ९७ लाख ४८ हजार रुपैयामा सिमित भएको थियो । यो रकम लक्ष्यको करीब ६६ प्रतिशतमात्र हो । 

भन्सारका प्रवक्ता मोहनराज भट्टले चालु वर्षको पहिलो ३ महीनामा सङ्कलित राजश्वमध्ये भन्सार महसुलतर्फ १० अर्ब ११ करोड ७० लाख ४८ हजार, मूल्यअभिवृद्धि कर ९ अर्ब ६५ करोड १० लाख ४१ हजार र अन्तशुल्क शीर्षकमा ५ अर्ब ९४ करोड ९० लाख ८८ हजार रुपैयाँ रहेको जानकारी दिए । भन्सारले१ अर्ब १ करोड २६ लाख रुपैयाँ पूर्वाधार कर उठाएको छ । अन्य शीर्षकको राजश्व ४४ करोड रुपैयाँ छ । 

यो भन्सार कार्यालयले चालु वर्ष अन्तशुल्कमा उल्लेख्य असुली गरेको छ । तीन महीने अवधिमा लक्ष्यको तुलनामा ६५ प्रतिशत बढी अन्तशुल्क असुल भएको भन्सारको तथ्याङ्क छ । यो वर्ष गाडीको आयात बढेकाले अन्तशुल्क पनि बढी असुली भएको भन्सार प्रमुख पोखरेलले जानकारी दिए । असोज महीनाको सङ्कलनमा ४० प्रतिशत राजश्व गाडीको आयातबाट मात्रै आएको उनले बताए । 

असोज महीनामा लक्ष्यको तुलनामा ९० प्रतिशत बढी अन्तशुल्क असुली भएको छ । एक महीनाका लागि १ अर्ब २४ करोड ७८ लाख रुपैयाँको अन्तशुल्कको लक्ष्यमा २ अर्ब ३७ करोड ९४ लाखसङ्कलन भएको भन्सारले जनाएको छ । सवारीका साधन आयातमा १५ देखि ६० प्रतिशतसम्म अन्तशुल्क तिर्नुपर्छ । 

 

Read 707 times Last modified on Saturday, 29 October 2016 17:05

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012