You are here: Homeअर्थअर्थचिनिमिल सिलान्यास बाट किशानहरु हर्षित

चिनिमिल सिलान्यास बाट किशानहरु हर्षित

Written by  Published in अर्थ Thursday, 20 October 2016 20:03
Rate this item
(0 votes)

संजय मिश्रा रौतहट ४ कार्तिक । रौतहटमा ठुलो उधोगको रुपमा आज दोस्रो चिनिमिलको सिलान्याास बाट किशान हरु हर्षित भएका छन । स्थानिय पिप्रापोखरीया गाविस ८ डुमरीया टोल स्थित बाबा बैजुनाथ शुगर एण्ड केमिकल्स उधोगको बिहिवार सिलान्यास पछी किशान हरु हर्षित भएका हुन । बिहिवार एक समारोह बिच बाबा डिस्टीलरी र ज्योती डिस्टीलरीका संस्थापक रामाश्रै प्रसाद जयसवालले बिधिवत रुपले नया चिनिमिल को डुमरिया टोल भन्दा उतरपटी सिलान्याास गरेका हुन । सिलान्यास समारोहमा सांसद सुनिल यादव जितेन्द्र,पुर्व मन्त्री एवं तमलोपाका राष्ट्यि उपाध्यक्ष गोविन्द चौधरी,नेपाली कांग्रेसका जिल्ला सभापती कष्णा यादव,सचिव हृदय नाराायण यादव,लगायतले मिल समय भित्रै निर्माण,सञ्चालन र उदेश्य प्राप्तीको कामना सहीत मन्तब्य राखेका थिए । उधागी ओम प्रकाश जयसवालले स्वागत मन्तब्य राखेका थिए । उक्त अवसरमा एस्पी गणेश रेग्मी,फोरम लोकतानित्रकका सन्तलाल चौधरी,रामाश्रे चौधरी,उवा संघ गरुडाका अध्यक्ष रामभरोसी यादव, लगायतको उपश्थिती रहेको थियो । कुल एक अरब २५करोडको लागतमा निमार्ण हुनलागेको मिलले दैनिक २५हजार कुईन्टल उँखु क्रसिंग,तथा २५सय देखी तिन हजार बोरा चिनि उत्पादन गर्ने क्षमता रहेको छ । जिल्लामा श्रीराम शुगर मिलको अलावा अर्कौ चिनिमिल सिलान्यासको खबरले रौतहट,बारा,र सर्लाहीका किशानहरु हर्षित भएका छन । श्रीरामले उँखु लिएर बर्षौ किशानलाई दौडाईरहने समस्या बाट छुटकारा पाईने खबरले खुशियााली भएको एकजना किशान लक्षमिनिया गाबिस हिमालिबासका बिशाल तिम्मलसिनाले बताए । बाबा बैजु शुगर एण्ड केमिकल्स उधोग अगामी सिजन भित्र निर्माण गरेर सञ्चालन गरीसक्ने लक्ष्य रहेको मिलका अध्यक्ष बैजु बाबराले बताए ।  

 

Read 4917 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012