You are here: Homeअन्तरवार्ताItems filtered by date: Monday, 08 May 2017

वीरगन्ज , २५ बैशाख  बैशाख ३१ गते हुन गइरहेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिएको संघीय समाजवादी फोरम नेपालले मधेसमा भने चुनाव हुनै नदिने दाबी गरेको छ । 

फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरि मधेसका माग पुरा नभए सम्म मधेसमा चुनाव हुनै नदिने बताउनु भएको हो । 

 वीरगन्जमा फोरम नेपालका शीर्ष नेताहरुको उपस्थितीमा सोमबार आयोजित एक दिने गोष्ठीलाइ सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन नभए सम्म दोश्रो चरणमा हुने भनिएको चुनावमा फोरम नेपाले भाग नलिने र चुनाव पनि हुनै नदिने बताउनु भयो । 

 मधेसको माग सम्बोधन नभए सम्म आफुहरुको आन्दोलन जारी नै रहने उहाको भनाइ थियो  ।

उहाले भन्नु भयो ,‘ जब सम्म संविधान संशोधन हुदैन तब सम्म मधेसमा चुनाव हुन दिन्नौ , यदि मधेसमा चुनाव भएन भने अहिले पहाडमा भएका चुनावको पनि कुनै अर्थ रहदैन । 

 मधेसको एजेण्डामा आफुहरुको अडान कायमै रहेको स्पष्ट पार्दै उहाले भन्नु भयो ,‘ अहिले फोरम नेपालका बारेमा फिजाइएको हल्ला भ्रम मात्रै हो , हामी मधेसको एजेण्डामा कुनै किसिमको सम्झौता गर्न तयार छैनौ ।  

 मधेसको मागको सवालमा नेकपा एमाले मात्र नभइ काँग्रेस पनि विपक्षमा रहेको भन्दै उहाले एमालेले संघीयता, , धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाइ समाप्त पार्नका लागि आन्तरिक रुपमा निर्णय नै गरिसकेको आरोप लगाउनु भयो ।

 उहाले भन्नु भयो ,‘ एमालेले संघीयता, , धर्मनिरपेक्षता र गणतन्त्रलाइ सिध्याउन आन्तरिक रुपमा निर्णय नै गरिसकेको छ , त्यसैले उ संविधान संशोधनको पक्षमा नआएको हो , काँग्रेस पनि गणतन्त्रको विपक्षमा छ । 

 सोझो ढंगले गरिने राजनीतिले हक अधिकार नपाइने भन्दै उहाले भन्नु भयो ,‘ सोझो राजनीतिले अधिकार पाइदैन , अधिकारका लागि राजनीतिमा औंला टेढो पार्नै पर्छ , त्यसैले हामी अहिले पनि  आन्दोलन र संघर्षको मैदानमा छौ ।

 मधेस विरोधी ठूला तीन दल बिचको अपवित्र गठबन्धन तोड्नका लागि नै तत्कालीन केपी ओलीको सरकारलाइ ढाल्न काँग्रेसका तत्कालीन सभापति शुसील कोइरालालाइ मधेसी मोर्चाले भोट दिएको उहाले बताउनु भयो ।   

 मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिका बारेमा छलफल गर्न वीरगन्जको पदम पार्टी सेन्टरमा आयोजित गोष्ठीमा फोरम नेपालका वरिष्ठ नेता अशोक राइ , केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गद्धी , महासचिव रामसहाय यादव , मधेस प्रदेश सचिव शेष नारायण यादवका साथै फोरम नेपालका  राजनीति समिति सदस्य , केन्द्रिय पार्षद , केन्द्रिय सल्लाहकार समितिका सदस्य , प्रदेश समितिका पदाधिकारी र सदस्य तथा  पर्सा , बारा , रौतहट र सर्लाहीका जिल्ला अध्यक्षहरुको सहभागीता थियो । 

 गोष्ठीमा संविधान संशोधनका लागि सरकारले अगाडि सारेको प्रस्ताव , दोश्रो चरणको निर्वाचन, प्रधानन्यायधिश विरुद्धको महाअभियोग प्रस्ताव र फोरम नेपाल माथि अरु दलहरुले लगाएको आरोपका विषयमा गम्भिर रुपमा छलफल भएको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिनु भयो ।

Published in समाचार

वीरगन्ज,२५ बैशाख ।  भारतबाट अबैध रुपमा नेपाल भित्र्याइएको अढाई लाख रुपैया मुल्य बराबरको का गहना सहित एक युवकलाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालिको वडा नम्बर १६ बाट आज अपराहन्न शसस्त्र प्रहरी टोलीले ५ किलो ८६ ग्राम तौलको चा“दीका गहना सहित वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १८ निवासी सन्दिप कुमार साहलाई पक्राउ गरेको हो ।

ना ४३ प ५०२ नम्बरको मोटरसाइकमा लोडगरी अबैध चा“दीका गहना नेपाल भित्र्याउन लागेको सुचनाका आधारमा साहलाई रोकी चेकजा“च गर्दा उक्त तौल बराबरको चा“दीका पाउजु(गहना) बरामद भएपछि आवश्यक अनुशन्धानका लागि नियन्त्रणमा लिइएको शसस्त्र प्रहरी राजश्व गस्ति टोली वीरगन्ज भन्सार कार्यालयका प्रमुख शसस्त्र प्रहरी नायब उपरिक्षक शुशिल सुबेदीले जानकारी दिनुभयो । उहा“ले बरामद गरिएको चा“दीका गहना, मोटरसाईक र पक्राउ परेका कारोवारी साहलाई आवश्यक कार्यवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा आजै बुझाइएको बताउनु भयो ।

Published in समाचार

राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय नेता राजेशमान सिंहसंग स्थानिय निर्वाचन बारे गरेका संक्षिप्त कुराकानीका अंशहरु :

प्रश्न नं. १ मधेसमा स्थानिय निकायको निर्वाचनको माहोल कस्तो देख्नु भएको छ ?

– मधेसमा जबसम्म मधेसको माँग संबिधानमा संशोधन हुदैन तव सम्म मधेसमा कुनै निर्वाचन हुदैन । चाहे त्यो स्थानिय निकायको निर्वाचन होस चाहे कुनै लेभलको चुनाव होस । सम्भव मैले देखेको छैन ।

प्रश्न नं.२ मोर्चाको एक घटक संघिय समाजवादी फोरम पार्टी डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी संग गठबन्धन गर्नुको कारण के होला ?

त्यो जसले गठबन्धन गरयो त्यसैलाई थाहा होला । मेरो नजरमा यो अपवित्र गठबन्धन हो । आज मधेसका यति वीर शहिद सहादत प्राप्त गरेका छन । त्यसको पछाडि को छन त? किन यसरी भइरहेको छ ? पहिलो मधेस आन्दोलनको बेलामा को रातारात नाइट भिजन हेलिकप्टर चढेर बार्ता गर्न गयो । यो कुरा कोइ संग लुकेको छैन । तर्सथ यो अपवित्र गठबन्धन तिनीहरुले किन गरे ? किन बारम्बार मधेसी जनतालाई झुक्याइराखेका छन । पहिलेनै तपाईको मधेस आन्दोल २०६२÷०६३मा नै मधेसीको हक अधिकार सुनिश्चित भइसक्दथ्यो । तर म कुनै व्यक्तिको नाम लिन चाहन्न । केही स्वार्थी नेताहरुले आफनो व्यक्तिगत स्वार्थ पुर्ति गर्नको लागि मधेसको नाममा राजनिती गरिरहेका छन । अहिले पनि मधेसका जनता आन्दोलनमै होमिएका छन ।

प्रश्न नं.३. वीरगंजको मेयरमा तपाईको पहिले देखि नै खुवै चर्चा आईरहेको थियो । पार्टी एकिकरण पश्चात तपाईको मेयरको सम्भावना कतिको छ ? 

अहिले त राजपा नेपालले चुनावको च पनि उच्चारण गर्न चाहदैन । जब सम्म मधेसको माँग संबिधानमा सुनिश्चित हुदैन तब सम्म हामीहरु कुनै चुनावमा जादैनौं । तर्सथ म मेयर वा को मेयर हुने भन्ने हाम्रो ध्यान केन्द्रित छैन । हाम्रो काम एउटै हो मधेसको माँग संबिधानमा सुनिश्चित हुनुपरयो । भोलीका दिनमा मधेसको माँग सुनिश्चित भयो भने पार्टीले मुल्याँकन गरी टिकट दिन्छ भने कुनै चुनाव होस म पछाडि हटदिन म आफनो जिम्मेवारी पुरा गर्छु ।

प्रश्न नं.४. जेठ ३१ गते भन्दा अगाडि मधेसको माँग पुरा भएन भने तपाईको पार्टी चुनावमा जान्छ कि जादैन ?

हाम्रा राजपाका केनिद्रय वरिष्ठ नेताहरु एक रुपमा लागि रहेका छन । संसदमा संबिधान संशोधन प्रस्ताव दर्ता भइसकेको छ । एक दम स्पष्ट रुपमा भन्नु पर्दा जब सम्म मधेसको माँग संबिधानमा सुनिश्चित हुदैन तब सम्म मधेसी दल कुनै पनि चुनाव भाग लिदैन ।

प्रश्न नं.५. सरकारले निर्वाचन जबरजस्ती गर्न खोजे तपाईको पार्टीले कस्तो किसिमको प्रतिकार गर्ने छ ?

सरकारले जबरजस्ती निर्वाचन मधेसी जनता माथि लादन खोज्छ भने त्यसको प्रतिकार मधेसी जनताले गर्छ । हुन सक्छ भोलीका दिनमा संबिधानमा माँग सुनिश्चित नभए राजपा नेपालले हतियार उठाउन पनि बेर लाउदैन ।

प्रश्न नं.६. दुई नम्बर प्रदेशको राजधानी वीरगंजलाई बनाउने तपाईको पार्टी धारणा के छ ?

पहिले मधेसको माँग संबिधानमा सुनिश्चित होस । त्यसपछि वीरगंजलाई राजधानी बनाउने अर्को लडाई लडन बाँकी हुनेछ । जहाँ सम्म मेरो स्पष्ट धारणा छ वीरगंजलाई नै दुई नम्बर प्रदेशको राजधानी बनाउनु पर्छ । दुई नम्बर प्रदेशमा वीरगंज भन्दा अरु ठाँउ आर्थिक र भौतिक पुर्वाधारको हिसावले उपयुक्त छ भने देखाई दिनुपरयो । तर्सथ मेरो भन्नु के छ भने सवैभन्दा पहिले हाम्रो माँग संबिधानमा सुनिश्ति हुनुपरयो । त्यसपछि संघियतामा गइसके पछि हाम्रो प्रदेशको राजधानीको लडाई लडन बाँकी हुने छ । मेरो बिचारमा वीरगंजलाई नै दुई नम्बर प्रदेशको राजधानी बनाउनु पर्छ ।

अन्तमा जाँदा जादै मधेसका जनता र वीरगंजवासीहरुलाई के भन्न चाहनु हुन्छ ?

म मधेसी जनतालाई एउटै कुरा भन्न चाहन्छु अहिले खास गरी देशको चौथो अंग भनेर चिनिने बिशेषगरी राजधानीबाट प्रकाशित राष्ट्रिय स्तरका पत्र पत्रिकाहरु , सोशल मिडिमा आउने समाचारहरुले मधेसी नेताहरुको बिषयमा र राजपाका केन्द्रिय नेताहरुको बिषयमा जुन भ्रामक खबरहरु फैलाइरहेको छ त्यसको पछडि नपर्न हार्दिक अनुरोध गर्न चाहन्छु । साथै एउटा कुरामा एकदमै मधेसी जनतालाई ढुक्क हुन अनुरोध गर्दछु मधेसी नेताहरु मधेसको माँगलाई संबिधानमा सुनिश्चित गर्न एकदम तनमनधनले लागि परिरहेका छन । यो कुराको प्रमाणको रुपमा संबिधान संशोधन प्रस्ताव टेबल भएको छ । त्यसले पनि स्पष्ट पार्छ तर्सथ भ्रामक समाचार प्रति नलाग्न मधेसी समुदाय र वीरगंजवासीहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु ।

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012