You are here: Homeअन्तरवार्ताItems filtered by date: Thursday, 18 May 2017

वीरगन्ज, जेठ ४ : पछिल्लो समय रोमान्टिक गायकका रुपमा चिनिएका गायत तथा संगीतकार अनुप तिवारीको नयाँ गीत “सानी नानी” यहि जेष्ठ ५ सार्वजनिक हुने भएको छ । आफ्नै शब्द, संगीत स्वर दिदै आएका तिवारीले सानी नानीमा सन्तोष रोकायाको शब्द र संगीतमा स्वर दिएका छन् ।

सो गीतको एरेन्ज पुरुषोत्तम पोखरेलले गरेका छन् भने रेकर्ड रोमन बज्राचार्यले गरेका छन्  । सो गीतको निर्माण सन्तोष रोकायाले गरेका छन् । गीत सानी नानी लिरिकल भिडियो सहित जेष्ठ ५ गते संग्स् नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिने छ ।


लभ एन्थम एल्बमका दुई गीत “म जुन तिमी तारा” र “एक मिशालको” व्यापक सफलता पछि आउन लागेको गीत सानी नानी पनी हिट हुने विश्वास गायक तिवारीले व्यक्त गरेका छन् । सानी नानी लोक आधुनिक शैलिमा निर्माण भएको, श्रोताको मन जित्ने खालको गीत भएको गायक तिवारीले बताएका छन् । उनले आफ्नो गीतहरुलाई माया गरिदिएकोमा सबै दर्शक श्रोताहरुलाई धन्यवाद पनि व्यक्त गरेका छन् ।

वीरगन्ज, ४ जेठ – संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बन्दुकको जवाफ अब मधेसी जनताले ब्यालेटबाट दिने बताउनु भएको छ । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २५ सिर्सियामा आज फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष यादवले चुनाव पनि संघर्षको एक स्वरुप भएकाले सदियौ देखि मधेसी जनतामा माथि दमन गर्दै आएका काँग्रेस, एमाले र माओवादीलाइ मधेसका जनताले अब चुनावमा मधेसी दलाइ जिताएर सशक्त जवाफ दिने बताउनु भयो ।

मधेस आदोलनमा निहत्था मधेसी जनता माथि काँग्रेस , एमाले र माओवादीको सरकारले गोली चलाएर नरसंहार गरयो , उहाले भन्नु भयो , ‘ अब त्यसको जवाफ मधेसी जनताले चुनावबाट दिनेछन् । संविधान संशोधन नभए सम्म मधेसमा चुनाव हुन नदिने अडानमा फोरम नेपाल कायमै रहेको भन्दै फोरम नेपाल पर्साका अध्यक्ष यादवले तर पछिल्लो समयमा संशोधनका सवालमा सरकार लचिलो देखिएको बताउनु भयो ।

मधेसमा स्थानीय तहको संख्या थप गर्न सरकार सकरात्मक देखिएको भन्दै उहाले संविधान संशोधन गरेर मधेसमा स्थानीय तहको संख्या थप गरिए फोरम नेपाल दोश्रो चरणको चुनावमा सहभागी हुने बताउनु भयो । अहिले राष्ट्रिय जनता पार्टीका नेताहरुले फोरम नेपालका बारेमा अनेक भ्रम फैलाउने काम गरिरहेको आरोप लगाउदै उहाले मधेसको मुद्धा र आन्दोलनको उठान फोरम नेपाललै नै गरेकाले मधेसी जनता सदैव फोरम नेपालकै साथमा रहने दाबी गर्नु भयो ।

मधेसको मुद्धा सम्बोधन नभए सम्म फोरम नेपाल संघर्षको मैदानबाट पछाडि नहट्ने उहाले बताउनु भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै फोरम नेपालका नेता एंव समाजसेवी विजय कुमार सरावगीले मधेसको मुद्धा र माग प्रति पछिल्लो  समयमा सरकार सकरात्मक देखिएको भन्दै मधेसमा स्थानीय तहको संख्या थपिने विश्वास व्यक्त गर्नु भयो ।

चुनाव पनि आन्दोलनकै एक अर्को स्वरुप भएको भन्दै नेता सरावगीले अबको चुनाव मार्फत मधेसी जनताले खस शासकहरुलाइ गतिलो जवाफ दिने बताउनु भयो ।वीरगन्ज वर्षौ देखि उपमहानरपालिका रहेको भएपनि विकास निर्माणका सवालमा यहाका ठूला दलका सांसद र नेताहरुले सधैं उपेक्षा गरेकाले नै वीरगन्जको दुर्दशा भएको सरावगीले बताउनु भयो ।

कार्यक्रममा तात्कालीन तराइ मधेस लोकतान्त्रिक पार्टीका नेता विसु राउत कुर्मी र चनरदेव राउत कुर्मीको नेतृत्वमा करिब एक सय ५० जना फोरम नेपालमा प्रवेश गरेका थिए । फोरम नेपालका क्षेत्रीय उपाध्यक्ष मुन्ना साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा फोरम नेपालका जिल्ला सदस्य विनोद चौरसीयाले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Published in समाचार

वीरगन्ज, जेठ : ४ : वीरगंजको मेयरमा कुन पार्टीबाट कस्ले टिकट पाउने भन्ने कुरा चर्चामा रहेको बेला संघीय समाजवादी फोरम नेपालबाट बिजय सरावगीको नाम लगभग पक्का भइसकेको पार्टी स्रोतले जनाएको छ ।

नेपालको राजनीतिमा रणनीतिक महत्व राखे पनि विकासको हिसाबले सधै पछि पर्दै आएको वीरगंज उपमहानगरपालिकाको स्थानीय तह निर्वाचनमा यहाँबाट कुनै पनि पार्टीको उम्मेदवारको नाम ठोकुवा रुपमा आउन सकेको छैन् । यसैबिचमा फोरम नेपालबाट सफल उद्यमी तथा समाजिक व्यक्तित्वको रुपमा पहिचान बनाएका सरावगीको नाम आउन थालेको हो । सो पार्टीबाट अरु नामहरु पनि चर्चामा रहेको थियो । पछिल्लो समयमा कार्यकर्ताहरुको माग र चाहना देखेर पार्टी नेतृत्व तहले सरावगीलाई अगाडि सार्न मनसाय बनाएको पार्टीका जिल्ला कार्य समिति सदस्य आजाद हुसैनले बताए ।

अजादको दाबीलाई पार्टीका अन्य कार्यकर्ताहरुले पनि पुष्टि गरेका छन् । “पार्टीको झण्डामा समर्पित रहेका र हाम्रो पार्टीले नेतृत्वदायी भुमिका निर्वाह गरेको हरेक आन्दोलनमा सक्रिय रहदै आएका कार्यकर्ताहरुको कुरा नेतृत्व तहले नजरअन्दाज गर्न सक्दैन् त्यसैले नेता सरावगीलाई मेयरको उम्मेदवारको रुपमा ल्याउने कुरा लगभग पक्का जस्तै छ,” समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य निखिल वर्णवालले भने, “उनको नाममा बिरोध पनि देखिएको छैन् ।” संघिय युवा फोरमा जिल्ला अध्यक्ष शेख जलसुदिनले पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका जिल्ला संगठनहरुले र मुख्य धारका कार्यकर्ताहरुले वीरगंज नगरमा विकास र नयाँ योजनाहरु ल्याउन सक्ने खालको मेयरको रुपमा सरावगीलाई देखि रहेको बताए । “वीरगंजमा पार्टीबाट जितेको मेयरले नमुना किसिमले काम गर्न सके त्यसको चौतर्फी प्रभाव पर्ने भएकोले सरावगीको नाम अगाडि आइ रहेको छ,” उनले भने ।

पार्टीका जिल्ला अध्यक्ष प्रदीप यादवले भने आफुहरुले जित हासिल गर्ने दाबी गर्दै मेयरमा को उम्मेदवार हुने भन्ने आधिकारिक रुपमा घोषणा हुन केहि कुर्नको लागि आग्रह गरे । सरावगीले भने यसमा प्रतिक्रिया दिन चाहेनन् । “संगठनमा आबद्ध भइसके पछि त्यसको निर्णयलाई नै सर्वोपरी मान्नु पर्ने हुन्छ,” सरावगीले भने, “म आजको मितिमा पार्टीको एउटा कार्यकर्ता हु र मेरो भुमिका कहाँ उपयुक्त हुन्छ भन्ने पार्टीले तय गर्ने हो ।”

Published in समाचार

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012