You are here: Homeअन्तरवार्ताItems filtered by date: Wednesday, 10 May 2017

तुलसी भण्डारी , वीरगन्ज  वैशाख नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रको फिडर नम्बर १ र ५ मा आइतबार १२ घण्टाको अन्तरालमा दुई÷दुईपटक विद्युत्को लाइन काटियो । यो हावाहुरी र वर्षात्लगायतको प्राकृतिक विपत्ति र प्राविधिक त्रुटिविना नै विद्युत् लाइन काटिएको हो । यहाँ ६ महिनाअगाडिकै समय तालिकाअनुसार यहाँ विद्युत्को लाइन काटिँदै आएको छ ।

काठमाडौंबाहिर नेपाल विद्युत् प्राधिकारण वितरण केन्द्र वीरगन्जअन्तर्गत वीरगन्ज र पथलैया औद्योगिक कोरिडोर क्षेत्रका साना ठूला सबै गरी २० वटा फिडरमा हरेक दिन यसैगरी विद्युत्को लाइन काटिँदै आएकोे छ । विद्युत्को सप्लाई कति बजेदेखि कति बजेसम्म काट्ने भन्ने नयाँ समय तालिका विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा अझै नआएको केन्द्रले बताएको छ ।

यो तालिका केन्द्रबाट नै आउँछ वीरगन्ज वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले राजधानीलाई बताए । ६ महिना पहिलेकै समय तालिकाअनुसार विद्युत् काटिँदै आएको उनले जानकारी दिए ।

‘पिक आवर’ मा हरेक दिन तीन÷चार घण्टा विद्युत्को लाइन काट्न आफूहरू बाध्य रहेको भन्दै उनले गर्मीमा पंखा, फ्रिजलगायतका सामान अझ बढी चल्ने भएकाले पनि थप विद्युत् माग हुने गरेको उनले बताए । बारा पर्सामा अवस्थित औद्योगिक कोरिडोर र दुवै जिल्लाका सदरमुकाममा हरेक दिन अझै पनि विद्युत् लोडसेडिङ हुँदै आएको विद्युत् वितरण केन्द्र वीरगन्जको स्वीकारोक्ति छ ।

ऊर्जामन्त्री जनार्दन शर्मा र विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङले भने यस क्षेत्रमा गत १० माघसम्ममा नै विद्युत् आपूर्ति नियमित गर्ने घोषणा गरेका थिए ।

पर्साको ठोरीमा पनि कुल १४ सय घरधुरीमध्ये ३ सय ८० घरधुरीमा मात्र बलेको बत्ती केही समयमा १४ सय घरधुरीमा नै पु¥याउने प्रतिबद्धता मन्त्रीबाट व्यक्त भए पनि अझै १ हजार २० घरमा बिजुली पुग्न नसकेको ठोरीको सरस्वती उच्च माविका प्रधानाध्यापक केशवरेग्मीले बताए ।

मन्त्री स्वयंले १५ दिनमा विद्युत् नकाटिने आश्वासन दिएको भए पनि चार महिना बितिसक्दा पनि लोडसेडिङ नहटेको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा दुईतीन पटक काठमाडौं गएर नै ऊर्जामन्त्रीलाई ध्यानाकर्षण गराएको छ । तर पनि अझै समस्या समाधान नभएको वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल केडियाले बताए ।

Published in अर्थ

वीरगन्ज, बैशाख जिल्ला शिक्षा कार्यालयको इजाजत बगैर पर्सामा करिब एक सय भन्दा बढीको संख्यामा निजी विद्यालय संचालन भइरहेको खुलाशा भएको छ । जिल्ला शिक्षा कार्यालय पर्साले गराएको अनुमनबाट वीरगन्ज र ग्रामिण क्षेत्रमा एक सयभन्दा बढीको संख्यामा अबैध निजी विद्यालय संचालन भएको खुलाशा भएको हो ।

जिल्ला शिक्षा कार्यालय पर्साका अनुसार जिल्लामा कुल एक सय ३९ वटा निजी विद्यलाय दर्ता रहेका छन् । जिल्ला शिक्षा कार्यालय पर्साले उपलब्ध गराएको तथ्या“क अनुसार १२ कक्षा सम्मका लागि १० वटा, कक्षा १० कालागि ५३ वटा, कक्षा ८ कालागि १० वटा, कक्षा ६का लागि ३१ वटा, कक्षा ५का लागि १५ वटा, कक्षा४का लागि २ वटा,कक्षा ३कालागि ५ वटा, कक्षा २ का लागि ४ वटा र कक्षा १का लागि १७ वटा विद्यालयले मात्र इजाजत लिएको छ ।

जिल्लाको सहरी क्षेत्र तथा ग्रामिण क्षेत्रमा इजाजत लिएका वाहेक एक सय भन्दा बढी विद्यलाय संचालन रहेको जिल्ला शिक्षा कार्यालय पर्साका प्रमुख जिल्ला शिक्षा अधिकारी केदार तिवारीले जानकारी दिनुभयो । उहा“ले अबैध रुपमा संचालन रहेको विद्यालयमा अध्ययन गर्ने कक्षा ८ र १० का विद्यार्थीलाई परिक्षाका बेला प्याबशन एन प्याबशनका सदस्य रहेका बैध विद्यालयले फार्म भराई अबैध विद्यालयलाई मल जल गरेको आरोप लगाउनु भयो । जिल्लामा संचालन रहेको अबैध विद्यलायलाई कार्यवाही गर्न शिक्षा नियमावलीमा कडा प्रावधान नभएको र प्यापशन तथा एन प्यापशनको संरक्षणका कारण अबैध विद्यलायलाई कार्यवाही गर्न कठिनाई भएको जिसिअ तिवारीले जानकारी दिनुभयो । 

शिक्षा ऐनमा समेत अबैध विद्यलाय संचालन गर्नेलाई सोझै बन्द गर्ने प्रवधान नभएको, अबैध विद्यलाय संचाकलाई पा“च हजार सम्म जरिवान गर्ने व्यवस्था भएकाले पनि दण्डीत गर्ने कठिनाई भएको छ । अबैध विद्यलाय संचालन गरी विद्यार्थीको भविश्यसंग खेलवाड गर्नेहरु माथि ठगी मुद्दा चलाउने ऐन मंै व्यवस्था हुने पर्ने जिसिअ तिवारीको सुझाव रहेको छ ।

यसै विषयमा प्याबशन पर्साका अध्यक्ष हरिशंकर साहसंग बुझदा उहा“ले ७५ देख एक सयको हाराहारीमा जिल्ला भित्र अबैध विद्यलाय संचालन रहेको अंकुश दैनिकलाई बताउनु भयो । उहा“ले केही वर्ष अगाडी अबैध विद्यलायका विद्यार्थीलाई निजी विद्यलायबाट परिक्षा लिनाउने कार्य भएपनि पछिलो समयमा सामुदायिक विद्यलायबाटै अबैध विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको परिक्षा दिलाउने काम हुदै आएको आरोप लगाउनु भयो । सामुदायिक विद्यलायका प्रधानअध्यापक समेत रहेकाहरुले नै जिल्लाको सदरमुकान तथा ग्रामिण क्षेत्रमा अबैध निजी विद्यलाय संचालन गरेको अध्यक्ष साहले दावी गर्नुभयो । वीरगन्ज उपमहानगपालिका भित्र मात्र एक दर्जन भन्दा बढी अबैध निजी विद्यलाय सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले सचालन गरेपनि त्यसलाई जिल्ला शिक्षा कार्यालय पर्साले कुनै कार्यवाही नगरेको प्याबसन पर्साको आरोप रहेको छ ।

दिपक चौरसिया वीरगंज २७ वैशाख  बुद्ध ज्यन्तिको अवसरमा क्यापसनले निबन्ध प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ । यस प्रतियोगितामा वीरगंजका ६ स्कूल एम.ई.एस.मा.बि., ओम ईन्टरनेशनल, ज्ञान सरोवर, गोल्डेन फ्युचर, सन लाईछ मा.वि, डि.पि.एस.ले हिस्सा लिएको छ । उक्त निबन्ध प्रतियोगितामा प्रथम हुनु गोल्डेन फ्यु्चर कक्षा –५का प्रिया प्रजापति,ज्ञान सरोवर कक्षा ६ का दिवस पटेल,ओम ईन्टरनेशनलका कक्षा ७ का नेहा साह, डिपिएसका कक्षा ९का बिद्या ढकाल, दोश्रो हुनेमा ज्ञान सरोवरका  अमित,स्नेहा परवीन, सनलाईट मा.वि.का पुर्णीमा गुरुङ, गोल्डेन फ्युचरका उपेन्द्र यादव, रिया रौनियार,डि.पि.एस.का विजया लक्ष्मी र तेश्रो हुनेमा ओम ईन्टरनेशनल मा.विका वरुण यादव,एम.ई.एस.मा.वि.का अफ्रिना खातुन,अब्दुल कलाम, ज्ञान सरोवर मा.वि.का अनिया मुखिया, सनलाईट मा.वि.का अरुन सर्राफ,रौशन गुप्ता ले प्रतियोगिता जितेका थिए ।

यस प्रतियोगिता कार्यत्रममा उमेश चौरसिया, ईमामुद्दिन अहमद, राजेन्द्र चौधरी, अमित आलोक,विरेन्द्र पण्डित,डि.जे गुरुङ, अरुण कुमार लगायतको उपस्थिती रहेको थियो । यस कार्यक्रमका निर्णायक(जज)मा मुन्ना अलि खान र अनिल वर्णवाल रहनुभएको थियो । यस कार्यक्रमका सहजीकरण (ऋब्एत्क्ष्इल्)का संयोजक आलोक चौरसियाले गर्नु भएको थियो ।

Published in समाचार

स्थानीय निकायको निर्वाचनको मिति नजिकिँदै जाँदा वीरगञ्ज उपमहानगरपालिको नेतृत्व कसको हातमा जाला भन्नेमा चासो केन्द्रित हुन थालेको छ । देशको राजनीतिक तथा आर्थिक केन्द्रको रुपमा स्थापित वीरगञ्ज नगरको नेतृत्व आफ्नो पोल्टामा पार्नका लागि राजनीतिक दलहरूको कसरत तीव्र बन्दै गएको छ । ती राजनीतिक दलहरूबाट वीरगञ्जको मेयर पदमा कसलाई चुनाव लडाउने भन्नेमा रणनीतिक तयारी भइरहेकै छन् । यो पदका लागि राजनीति दलहरुबाट आकांक्षीहरुको पनि कमी छैन । 

यसै सन्दर्भमा नेपाली कांग्रेसको तर्फबाट वीरगञ्जको नगर प्रमुखको उम्मेदवारमा विजय सर्राफको नाम चर्चाको अग्रस्थानमा छ । विगत ३ दशकदेखि सक्रिय राजनीतिमा खारिएका सर्राफलाई वीरगञ्जको नगर प्रमुखमा उठाउनु पर्ने मत कांग्रेसभित्र बलियो बन्दै छ । चुनावी प्रतिस्पर्धामा उत्रिने उम्मेदवारको राजनीतिक सक्रियता, व्यक्तिगत छवि, योग्यता र सामाजिक पृष्ठभूमि जस्ता आयामहरू जितका लागि निर्णायक मानिन्छन् । वीरगञ्जको नेतृत्वमा जित हाँसिल गरी समुन्नत शहरको रुपमा अघि बढाउन सक्ने योग्य उम्मेदवारका रुपमा सर्राफको चर्चा राजनीतिक वृत्तमा तीव्ररुपमा चलिरहेको छ । 

को हुन विजय सर्राफ ? 

वीरगञ्जको राजनीतिक आयाममा विजय सर्राफ कर्मठ, लगनशील, अध्ययनशील र इमानदार राजनीतिकर्मीको रुपमा चिनिन्छन् । नेपाल विद्यार्थी संघ हुँदै अहिले नेपाली काग्रेसको राजनीतिमा क्रियाशील उनी प्रजातन्त्रप्रति प्रतिबद्ध र समर्पित राजनीतिक अगुवा हुन् । 

उनका राजिनितीक पूष्ठभुमी 

२०४२ सालान नेपाली विद्यार्थी संघमा प्रवेश गरेका सर्राफ ४६ सालमा जन आन्दोलनमा सक्रिय भुमिका निर्वह गरेका संगै थुनामा परे केहिदनि पछि ४६ सालमा नेपाल विद्यार्थी संघ ठा.कु.रा.ब. क्याम्पस वीरगन्ज ईकाईको उपाध्यक्ष भए ४७ सालमा ने.वि. संघ नगरर्काय समितीको उपाध्यक्ष भए ५१ सालमा नेपाल विद्यार्थी संघको स्वतन्त्र विद्यार्थी युनियनको सभापती पदमा निर्वाचित भए ५४ सालमा स्वतन्त्र विद्यार्थी युनियन काउनसिलको केन्द्रि उपाध्यक्ष पदमा निर्वाचित भए २०५६ देखि २०६३ साल सम्म नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा निर्वाचित भई कुसल कार्य समेत सर्राफले गरे २०६२, ६३ को लोकतान्त्रिक आन्दोलनमा सक्रिय भुमिका खेलेकोले वीरगन्ज र काठमाडौंमा समेत थुनामा परी जेल परे २०६४ देखि ६८ सालमा नेपाल विद्यार्थी संघको केन्दिय सह महामन्त्रि पदमा निर्वाचित भई राम्रो काम गरे र २०६४ सालमा पहिलो सविधान सभामा प्रत्यक्ष पदका लागि उनको नाम समेत सिफारिस गरियो २०६८ सालमा नेपाली काग्रेस पर्साको जिल्ला कार्य समितीको सदस्य समेत रहे र सोहि सालमा नेपाली काग्रेस क्षेत्रिय सभापति पदमा रहि कार्य गरे २०७० सालमा हुने दोस्रो संविधान सभाको लागि प्रतयक्ष पदको लागि क्षेत्रिय कार्य समिती द्वारा उनको नाम सर्व सहमतिबाट उमेदवारीको सिफारिस गरियो २०७३ सालमा पुन दोस्रो कार्यकालको लागि क्षेत्रिय सभापति पदमा विजय भई कार्य संगै उनि भारत,टर्की,थाइलैंड,चिन,ओमान,दुबइ,बागलादेश,भुटान जस्ता देश विदेश भ्रमण गरि अनुभव वटुलेका सर्राफ विभिन्न समयमा जन सरोकारको कुरा लिएर पर्सा बासिका लागी मच्छरको दवाई छिडकनु , चौपाया नियन्त्रण , पार्क बनाउनु पर्ने, करको रकम कम गर्नु पर्ने,वीरगन्जलाई डुबान समस्या बाट बचाउनु पर्ने ,नरायणी उप क्षेत्रिय अस्पतालको सुधार र सरसफाईको माग लिएर धर्ना र ज्ञापन दिनु पर्ने ,सरकारी कार्यलयमा भएका भष्टचार बन्द हुनु पर्ने आम जन्ताको काम छिटो र छरितो र सुलभ हुनु पर्ने , पर्साको लोड सेटिगं कम वा खतम गर्ने जस्ता कामका लागि उनि १०० पटक धर्ना  ज्ञापन पत्र जुलुस प्रर्दशन गरिसकेका सर्राफ सरल र स्पष्ट स्वभाव, मृदुभाषी र मित्रवत् व्यवहारका धनी छन् । नेपाली काग्रेस पर्साको राजनीतिमा राजनीतिक तथा वैचारिक चिन्तक र विचारकका रुपमा स्थापित युवा नेता सर्राफ लोकतन्त्रमा सबैलाई समान अधिकार र अवसर प्राप्त हुनु पर्छ भन्नेमा स्पष्ट छन् । मधेसी, जनजाति, आदिवासी, दलित, महिला, मुस्लिमलगायतका पिछडिएका वा पछि पारिएका सवै वर्ग र समुदायका लागि संविधानमा ‘पहिचान, पहुँच र प्रतिनिधित्व’ सुनिश्चित हुनुपर्नेमा अडिग छन् । राज्यले कसैप्रति पनि भेदभाव गर्न हुँदैन भन्ने सर्राफको मान्यता छ ।  राजनीतिलाई जनता र समाज सेवामा समर्पित गर्नुपर्ने बताउने सर्राफ राजनीतिकर्मी उद्यमशिल हुनुपर्नेमा पनि उत्तिकै सचेत छन् । राजनीतिकर्मीले अपनाउने उद्यम समाज सुधार र योगदानमुखी हुनुपर्ने उद्यमशिलताले नेतृत्वलाई जनताको निस्वार्थ सेवाका लागि सहयोग पु¥याउने धारणा सर्राफको छ ।

 

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012