You are here: Homeअन्तरवार्ताItems filtered by date: Tuesday, 04 April 2017

वीरगन्ज २२ चैत पार्टीको अनुसासन हिनता र आरजकता काम गरेकोले सदभावना पार्टी जिल्ला कार्य समिती पर्साले आज दुई जनालाई पार्टीबाट निस्कासित गरेको छ । सदभावना पार्टी जिल्ला कार्य समितीको आज बसेको बैठकबाट पार्टीको अनुसासन हिनता काम गरेको आरजकता गरेकोले जिल्ला सचिव धमेन्द्र पटेललाई पार्टीबाट निस्कासित गरेको छ भने उपाध्यक्ष ईश्वर यादवलाई पदबाट हटाई पदमुक्त गरी निलम्बन गरेको बैढकबाट सर्व सहमत निर्णय गरेका छन । 

 

Published in समाचार

वीरगञ्ज, २२ चैत उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संविधानले सार्वजनिक–निजीक्षेत्र र सहकारीलाई अर्थतन्त्रका मुख्य आधार स्वीकार गरिसकेकाले आउँदो बजेटले निजीक्षेत्रसँगको सहकार्यका आधार निर्माण गर्ने बताएका छन् । अर्थमन्त्रालयको राजश्व परामर्श समितिले मङ्गलबार वीरगञ्जमा आयोजना गरेको आर्थिक वर्ष २०७४÷७५ को राजश्व नीति र बजेट तर्जुमाबारे अन्तरक्रियामा मन्त्री महराले सरकारले निजीक्षेत्रको प्रोत्साहनका लागि ठोस कार्ययोजना र त्यसको कार्यान्वयनको आधार निर्माण गरिरहेको बताएका हुन् । 

 

मन्त्री महराले आगामी आर्थिक वर्ष २०७४÷७५ को बजेट सङ्घीयतामा आधारित वित्तीय मोडलको हुने बताउँदै सरकार र निजीक्षेत्रबीच सुमधुर सम्बन्धलाई प्राथमिकतामा राखिने स्पष्ट पारे । महराले चालु आर्थिक वर्षमा ८० प्रतिशत पूँजीगत बजेट खर्च हुने दाबी गरे । चालु वर्ष जेठ १५ मा बजेट आए पनि साउनमामात्र लागू भएकाले उपलब्धि नभएको उनले बताए । 

 

वीरगञ्जको विशिष्ट आर्थिक र औद्योगिक महत्व रहेको भन्दै महराले सरकारले विकासमा भइरहेको विलम्वको उपचारका लागि कानूनी प्रबन्ध मिलाउने तयारी गरिहेको जानकारी दिए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रमा अध्यक्ष शर्माले सरकार वीरगञ्ज क्षेत्रको विकासमा असंवेदनशिल र उदासिन बनेको आरोप लगाए । अध्यक्ष शर्माले राजश्वका निकायहरुले वीरगञ्जमा चलाएको छापामारीले वैध व्यापारमा संलग्न व्यवसायी प्रताडित भइरहेको बताए । उनले सरकारी निकायबीच समन्वयको अभाव र गैरजिम्मेवारीका कारण उद्यमी व्यवसायी पीडित हुनु आपत्तिजनक भएको भन्दै यस्तो गतिबिधि तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराए । 

 

कार्यक्रममा सहभागी व्यवसायीहरुले यसअघिको सरकारका विभागीय मन्त्री उद्यमी व्यवसायप्रिति पूर्वाग्रही भएर प्रताडित गरेको गुनासो गरेका थिए । वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोककुमार वैदले सरकारले विगतका बजेट कार्यान्वयनको समीक्षा गर्नुपर्ने बताए ।  

 

कार्यक्रममा उठेका जिज्ञाशाहरुको जवाफ दिँदै अर्थसविच शान्तराज सुवेदीले वीरगञ्ज र आसपासका क्षेत्रका पूर्वाधार र सम्भाव्यतालाई प्याकेजको रुपमा अघि बढाउनुपर्ने बताए । उनले यसमा निजीक्षेत्रलाई सहयोगको आग्रहसमेत गरे । आन्तरिक रावश्व विभागका महानिर्देशक चुडामणी शर्माले अधिकांश करदाता करको दयराबाहिरै रहेको बताए । 

 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य अशोककुमार टेमानी, निवर्तमान अध्यक्ष प्रदीप केडिया, उद्योगी जगदीशप्रसाद अग्रवाल, पूर्वअध्यक्ष गणेश लाठ, उपाध्यक्षहरू गोपाल केडिया, सुवोध गुप्ता र अनिलकुमार अग्रवाल, कोषाध्यक्ष रविन्द्रकुमार वरनवाल, सचिव माधव राजपाललगायतले बोलेका थिए । 

 

Published in समाचार

विरगंज, २२ चैत्र - "डिसिप्लिन, डेडिकेसन एण्ड पनचुवालिटि" भन्ने नारा लिएर २०५२ साल स्थापना भएको ज्ञान वाटिका उच्च माध्यमिक विद्यालय विगंजको श्रीपुर - १४ मा अवस्थित छ । ७ कठ्ठा क्षेत्रफलमा रहेको स्कुलमा अहिले ६ सय विद्यार्थी अध्ययनरत रहेको उक्त स्कुलले आफुलाई पर्साकै उत्कृष्ट स्कुलहरुमा सामेल गर्न सफल भएको छ । स्थापनाको २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गर्दासम्म स्कुलले निकै फड्को मारेको छ । विरगंजकै उत्कृष्ट स्कुलको रुपमा स्थपित भइसकेको ज्ञान वाटिका शैक्षिक गुणस्तरमा मात्र नभएर विभिन्न अतिरिक्त क्रियाकलाप, विद्यार्थी तथा अभिभावकलाई विभिन्न सेवा सुविधा, शिक्षक तथा कर्मचारीहरुलाई समेत सन्तुष्ट पार्दै सामाजिक उत्तरदायित्वलाई समेत पूरा गर्दै आएको छ ।

पर्सा जिल्लाको शैक्षिक स्थिति उत्थान गर्न नीतिले अध्यापक हरिहर प्रसाद यादव द्वारा स्थापना गरिएको विद्यालयमा अहिले ३६ जना शिक्षक, शिक्षिका तथा कर्मचारीहरुसमेत रोजगारी भई कार्यरत छन् । ज्ञान वाटिकामा विशेषगरी विरगंज र पर्साका विभिन्न गाउँ बाट अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन् । एसएलसी परीक्षामा सहभागी भएका ज्ञान वाटिकाका विद्यार्थीहरु अहिलेसम्म विशिष्ट श्रेणी सहित शतप्रतिशत पास गर्न सफल भएको विद्यालयका संस्थापक हरिहर प्रसाद यादवले बताउछन । एडुकेसन तथा व्यवस्थापन विषय अध्यापन हुने यो उच्च माविले विगतका वर्षदेखि प्लस टु समेत सञ्चालनमा ल्याएको छ ।

विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाहरु योग्य, दक्ष तथा अनुभवी भएकै कारण विद्यार्थीहरुको नतिजा राम्रो भएको दाबी गर्छिन विद्यालयकि प्रधानाध्यापक डा. अन्जु कुमारी । कुमारी भन्छिन – ‘हाम्रो विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका योग्य भएको हुनाले विद्यार्थीको सिकाइ क्षमता अनुसार कक्षामा पढाउने हुँदा विद्यार्थीको रिजल्ट राम्रो भएको हो ।’ 

शिक्षाको गुणस्तरलाई ध्यानमा राख्दै कम्प्युटर कक्षा, विज्ञान प्रयोगशाला, लाइब्रेरी, इ–लाइब्रेरी, स्मार्ट क्लास, सी-सी टिविको सुविधासमेत विद्यालयमा रहेको छ । यसका अलावा विद्यालयमा विभिन्न खेलकुदका प्रशिक्षक, नृत्य प्रशिक्षक राखेर विद्यार्थीको चौतर्फी विकासको लागि ध्यान पुर्याएकोको देखिन्छ । विद्यालयकि प्रधानाध्यापक डा. अन्जु कुमारीले यस वर्ष थप सुबिधाहरुको व्यस्था गरिने बताएकी छिन । 

विद्यार्थीको हौसलाको निम्ति विद्यालयले १५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिको सुविधा समेत दिँदै आएको छ । त्यसको साथै वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने प्रत्येक कक्षाका विद्यार्थीलाई वार्षिक शुल्कमा क्रमशः ५०, ४० र ३० प्रतिशत छुटसमेत दिँदै आएको छ । नियमित रुपमा विद्यालयमा क्लास टेष्ट तथा मासिक परीक्षाबाट विद्यार्थीहरुको नतिजा हेरी कमजोर विद्यार्थीलाई विशेष कक्षाको व्यवस्था, नियमित रुपमा मूल्याङ्कन गरी विद्यार्थीको स्तरोन्नति गरिँदै आएको छ । 

विद्यालयको आयोजनामा विगत २ वर्षदेखि वार्षिक रुपमा विद्यार्थीहरुले विज्ञान प्रदर्शनीसमेत गर्दै आएका छन् । विद्यार्थीहरुको व्यवहारिक शिक्षाका लागि वार्षिक रुपमा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई विभिन्न टुअर समेत लाने गरिएको छ ।  विद्यार्थीको सुविधालाई ध्यानमा राखी बयान सेवा उपलब्ध रहेको छ । 

Published in समाचार

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012