You are here: Homeअन्तरवार्ताItems filtered by date: Monday, 03 April 2017

वीरगन्ज २१ चैत्र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले राज्यको विभेदकारी रवैया नसुध्रिए नेपालले मधेस नै गुमाउने खतरा रहेको चेतावनी दिनु भएको छ ।बाराको प्रसौनीमा सोमबार तमलोपा बाराको चार नम्बर क्षेत्रीय कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले भन्नु भयो ‘ मधेस आफैंमा राष्ट्र हो , मधेस विनाको नेपाल कल्पना नै गर्न सकिन्न , तर सरकारी रबैयाले अहिले मधेसी गुमाईसकेको अवस्था छ , विभेदको अवस्था यस्तै रहीरहने हो भने पछि मधेस नै गुम्न सक्ने अवस्था आउन सक्छ । उहाले संविधान संशोधन विना हुने कुनैपनि चुनाव नमान्ने बताउनु भयो । सरकार बन्दुकको बलमा चुनाव गराउने तयारीमा रहेको भन्दै अध्यक्ष ठाकुरले भन्नु भयो ,‘ यदि सरकारले बन्दुकको बलमा जबरजस्ति चुनाव गराउन खोज्यो भने मधेसी जनताले त्यसको सशक्त प्रतिकार गर्छन् । काँग्रेस एमालेमा रहेका मधेसी नेताहरु भोट माग्ने बेलामा मात्रै मधेसको कुरा बोल्ने तर अधिकारको कुरा गर्दा मौन बस्ने गरेको भन्दै उहाले त्यस्ता बहुरुपिया मधेसी नेताहरुलाई मधेसी जनताले चिनिसकेको बताउनु भयो । केहि दिन यता सरकारले मोर्चासंग सहमति भएको भनेर निराधार हल्ला चलाएको भन्दै अध्यक्ष ठाकुरले सरकारसँग कुनै त्यस्तो सहमति नभएको प्रष्ट पार्नु भयो । व्यक्तिमाथि हुने खतरालाई राष्ट्रिय खतरा मानेर शासक वर्गले देशलाई अल्झाउने काम मात्र गरेको अरोप उहाले लगाउनु भयो । व्यवस्थापिका संसदमा संविधान संशोधनको विषयले भन्दा पनि सरकार कसरी टिकाउने भन्ने विषयले अहिले बढि महत्व र प्राथमिकता पाएको नेता ठाकुरले बताउनु भयो ।तमलोपाका महामन्त्री जितेन्द्र सोनलले मधेसको पहिचान र अधिकारलाइ ठूला तीन दलले संसद भवनमा बन्धक बनाएर राखेको आरोप लगाउनु भयो । खसवादीहरुको बाहुल्यता रहेको ठूला दलहरु नौटंकीबाज भएको भन्दै उहाले मधेसीको रगत बगाएर लेखिएको संविधान कदापी मान्य नहुने बताउनु भयो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ६ सय ५० जना भन्दा बढी नेता कार्यकर्ताहरु तमलोपामा प्रवेश गरेको तमलोपा बाराका प्रवक्ता रमेश सर्राफले जानकारी दिनु भयो ।

Published in समाचार

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012