You are here: Homeअन्तरवार्ताItems filtered by date: Saturday, 15 April 2017

वीरगन्ज, २ बैशाख । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ९का पुर्व वडा अध्यक्ष बशंत भकड संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा आज वीरगन्जमा आयोजना  भएको अन्तरक्रिया  कार्यक्रमका बीच पुर्व वडा अध्यक्ष भकड फोरम नेपालमा प्रवेश गरेका  हुन । 

नव प्रवेशी भकडलाई जिल्ला अध्यक्ष यादव, फोरम नेपालकी केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री करिमा बेगम लगायतका नेताहरुले फूलको माला र अविरको टिका लगाई पार्टीमा प्रवेश  गराएका हुन । फोरम नेपालले आयोजना गरेको “आन्दोलनको तयारी तथा संगठक सुद्धीकरण” विषयक अन्तरक्रिया कार्यक्रममा  विभिन्न व्यक्तिलाई सम्मानित समेत गरिएको छ  ।

फोरम नेपालले  पार्टीमा हालै प्रवेश गरेका पुर्व मन्त्री मोहनलाल चौधरी, बेलवा गाविसका पुर्व अध्यक्ष मुखदेव पंजियार, हरपतजंजका पुर्व गाविस अध्यक्ष नागेन्द्र यादव, वागेश्वरीतित्रवनाका पुर्व गाविस अध्यक्ष काशी यादव, बसन्तपुर  का पुर्व गाविस अध्यक्ष गौरीशंकर कलवार कौवावन कटैयाके पुर्ब गा बी स के अधयक्ष  कासिम अन्सारी,सखुवा प्रसौनिका पुर्व गाविस अध्यक्ष मुकदेव राय थारु, कौवावनकटैयाका पुर्व गाविस अध्यक्ष सलिम अन्सारी,  कानु समाजका केन्द्रिय अध्यक्ष हरिहर प्रसाद साह, जितेन्द्र यादव, दलित नेता जमुना पाशवान लगायतकालागि जिल्ला अध्यक्ष प्रदीप यादव, केन्द्रिय सदस्य करिमा बेगम, विरेन्द्र यादव लगायतका नेताहरुले सम्मानित गर्नुभएको थियो । 

कार्यक्रममा सहभागि रहेकी पुवृ मन्त्री  तथा केन्द्रिय सदस्य बेगम विरेन्द्र यादव, मधेश प्रदेश  के प्रदेश  सचिव सलाउदिन अहमद पुर्व मन्त्री  मोहन लाल चौधरी, नागेन्द्र यादव लगायतका वक्ताले मधेसीलाई अधिकार विहिन राख्ने निर्वाचनको  विरुघमा हुने आन्दोलनलाई शसक्त बनाउदै जानु पर्ने धारणा व्यक्त गेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै फोरम नेपालका जिल्ला अध्यक्ष यादवले  मधेसी जनलाई अधिकार विहिन राखि नेपालमा शान्ति सम्भव नरहेको बताउनु भयो । उहाँले मुलुकमा विभेद रहे विकास र शान्ति हुनैनसकिने भएकाले संविधान संशोधन मार्फत मधेसी,मुस्लिम, आदिवासी, जनजाती,महिला सबैको अधिकारलाई सुरक्षित गर्नुको विकल्प नभएको धारणा व्यक्त गर्नु भएको छ । 

 कार्यक्रममा पार्टीका  सकृया सदस्य, क्रियासलि सदस्य, पदाधिकारीको बाक्लो उपस्थिती रहेको थियो  ।

Published in समाचार

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012