You are here: Homeअन्तरवार्ताअन्तरवार्ताएउटै सशक्त मोर्चा बनाऔं – भाग्यनाथ गुप्ता (अध्यक्ष, मधेशी जनअधिकार फोरम, मधेश)

एउटै सशक्त मोर्चा बनाऔं – भाग्यनाथ गुप्ता (अध्यक्ष, मधेशी जनअधिकार फोरम, मधेश)

Written by  Published in अन्तरवार्ता Thursday, 28 January 2016 10:54
Rate this item
(0 votes)

० पहिलो मधेश आन्दोलन भएको नौ वर्ष पूरा भएको छ । यो नौ वर्षमा के–के उपलब्धि भयो ?

— २०७२ सालको जनविद्रोहले अन्तर्राष्ट्रियस्तरमा मधेशको मुद्दालाई संस्थागत गर्न सफल भएको छ । चार पुस्ताका मानिसहरूले यो आन्दोलनमा सहभागिता जनाएका छन् । राजनीतिक उपलब्धिमा मात्र शहादत दिनेहरूको संख्यामा मात्र वृद्धि भएको पाइन्छ । ‘

० नौं वर्षमा मधेशी जनताले के–के पाए त ? 

— मधेशी जनताले राजनीतिक र संवैधानिक अधिकारको रूपमा अहिलेसम्म केही पनि पाएका छैनन्, बलिदानी दिनु बाहेक । बलिदानी इतिहास मात्र देखिएको छ यो पनि नेपाल सरकारले शहिदप्रति जुन दायित्व छ त्यो निर्वाह गर्न सकेको छैन । आठ वर्षको अवधिमा २०६३÷६४ मा आठ बुँदे र २२ बुँदे जुन सम्झौता उपेन्द्र यादव र महन्थ ठाकुरजीले गर्नुभयो त्यो एउटा सरकारमा जाने बाटो मात्र बनाउनुभयो । मधेशहरूको भोट लिएर विभिन्न पार्टीलाई तोडफोड गरेर सरकारमा सहभागि हुने आफ्नो उद्देश्य पुरा मात्र गरे । अहिलेससम्म मधेशी जनतालाई झुुक्याएर नेताहरू सरकारमा पुगे मात्र अरू उपलब्धि मधेशी जनताले केही पनि हात पारेका छैनन् ।

० मधेश आन्दोलनमा १०० जनाभन्दा बढी मधेशीले सहादत प्राप्त गरिसकेका छन् । पहिलो मधेश आन्दोलनबाट मधेशीहरूले केही न केही पहिचान पाएका थिए भन्नुभयो अहिले त्यो पनि गुम्दै गएको हो कि अझ स्थापित हुँदैछ ? 

— संस्थागत रूपमा त अझै पहिचान स्थापित भएको छैन । भावनात्मक रूपमा अहिले (२०७२) को जनविद्रोहले पहिचानलाई जनस्तरमा र अन्तर्राष्ट्रिय स्तरमा सशक्ताको रूपमा चर्चाको विषय मात्र बन्न पाएको छ । तर, संवैधानिक रूपले यसको केही उपलब्धि हुन सकेको छैन । अहिले भइरहेको विद्रोहलाई यदि उपलब्धिमूलक बनाउनु छ भने २२ बुँदे र ८ बुँदेजस्तो सम्झौता गरेर केही हुनेवाला छैन ती सम्झौताहरू धोका थिए । अहिले मधेशी मोर्चाको तर्फबाट पेस भएको ११ बुँदे पनि फेरि धोका दिने प्रपञ्च मात्र हो ।

० यो नौ वर्षको अवधिमा मधेशी जनताले मधेशी दलहरूबाट नै धोका पाएका हुन् त ?

— मधेशी दलहरूबाट पनि पाएको छ भने सरकार त आतंकवादी छँदैछ । मधेशीहरूलाई तीन–तीन पटक आतंकवादी कारवाही गिरिजा, सुशील र केपी ओलीको सरकारले गर्दैछ । यी मधेशी नेताहरू बारम्बार सम्झौतामुखी भएर सम्झौता गरेका छन् । यसबाट के लाग्छ भने मधेशी जनतालाई आन्दोलित गराएर बलिको बोको बनाउनु, शहिदहरूको संख्या बढाउनु भन्दा अरू केही पनि उपलब्धि आम मधेशी जनता र मधेशले पाएको अनूभूति हामीले गर्न सकेका छैनौं ।

० मधेशी नेताहरू र नेतृत्वको के दोष देख्नुहुन्छ अहिलेसम्म पनि मधेशको सम्स्या समाधान नहुनुमा ? 

— सम्भौतामुखी हुनु त्यो सम्झौता पनि कुनै सरकार बन्दा सरकारमा जानका लागि ंमात्र । आठ वर्षसम्म मधेशको मुद्दाको विषयमा हाम्रा मधेशका नेताहरूले खासै उपलब्धिपूर्ण केही काम गरेनन् । सरकारमा विभिन्न पटक सामेल भए, मन्त्री बने तर त्यति बेला पनि उहाँहरूले मधेशको मुद्दा नउठाइदिँदा खेरी मधेशीहरूले घृणाको प्रवृत्तिले हेर्ने श्रंखृला ३०० वर्षदेखि चलिरहेको छ त्यसको पुनरावृद्वि सत्ता पक्षले पनि गर्दै आएको छ । ८ र २२ गरि पटक–पटक सम्झौता गर्न जुन प्रवृत्ति छ त्यसले गर्दा पनि मधेशी जनताले अहिलेसम्म केही नपाएको हो ।

० मधेशको नाममा भएको सम्झौताहरूलाई भ¥याङ बनाएर मधेशी नेताहरू पटक–पटक सत्तामा पुगेका हुन् भन्नुहुन्छ ? 

— २०६३÷६४ को जुन जनआन्दोलन थियो पहिले फोरम नेपालको अगुवाईमा भयो पछि मधेशी जनअधिकार फोरम मधेशको साथमा संघीय गणतान्त्रिक, लोकतान्त्रिक मोर्चाले ग¥यो । २०६३ मा ४२ र २०६४ मा १२ जनाले शाहादत दिए त्यसपश्चात गिरिजा सरकार भयभित भएर महन्थ ठाकुरजी जो सरकारी वार्ता टोलीका संयोजक थिए, उहाँले तमलोपा पार्टीको निर्माण गर्नुभयो । आन्दोलनमा प्रवेश गर्नुभयो र आठौं दिनमा गएर गिरिजाको सरकारसँग वार्ता गर्नुभयोे । जबकि आन्दोलन अर्को गणतान्त्रिक मोर्चाले संचालन गरेको थियो । गिरिजा सरकारले तमलोपासँग आठबुँदे सम्झौता ग¥यो जसमा उपेन्द्रजी र राजेन्द्र महतो समावेश भए । यसरी जसरी आठबुँदे सम्झौता तमलोपासँग भयो त्यसले २२ बुँदे र २०६३ विसर्जन ग¥यो र आठ बुँदाले २०६४ को आन्दोलनलाई उपलब्धिविहीन बनाइदियो । यो नै विशेष भूल हो । सरकारले यो संविधान पुनर्लेखन गराउनुपर्छ । मधेशसँँग जसले खेलवाड गरेका छन् यो संशोधनको लागि संयन्त्र, आयोग बनाउने जुन कुरा छ त्यो पनि फेरि षड्यन्त्र नै हो । यसबाट कहिले पनि मधेशीले केही पाउँदैनन् । त्यसकारण यो जनविद्रोह जुन अहिले भइरहेको छ यसमा नेताहरूले सम्झौता गरेपनि जनताले यो विद्रोहलाई छोड्नेवाला छैनन् । म त सधैं जनतासँग जनविद्रोहको साथमा रहन्छु । जबसम्म संविधानमा ‘समग्र मधेश एक स्वायत्त प्रदेश’ आत्मनिर्णयको अधिकारका लागि आन्दोलन जुन २०६३÷२०६४ मा भएको थियो त्यो संस्थागत नहुनजेलसम्म हाम्रो दल जनतासँग विद्रोहमा संलग्न नै रहनेछ ।

० ‘स्वायत्त मधेश एक प्रदेश’ हुनुपर्छ भनेर जसरी मधेशी युवाहरूले बलिदानी दिए त्यसमाथि त मधेशी नेताले नै कुठाराघात गरे नि ? 

— लालचतालाई लचकताको नाम दिएर स्वायत्त मधेश प्रदेशलाई मधेशमा दुई प्रदेश भन्ने बनाए र सम्झौतामा मधेशलाई बिक्रि गरे । मधेशमा एक प्रदेशबाट दुई प्रदेश हुन्छ भन्नु नै महाभुल हो ।

० मधेशमा दुई प्रदेश हुनुपर्छ भन्ने मधेशी दलहरूको अडान छ, यसलाई के भन्नुहुन्छ ? 

— मधेशी नेताको अडान कहिले पनि दृढ छैन । अन्तरिम संविधानमा लेखेको कुरालाई उसले मानेन । आठ बुँदे सम्झौता जुन ग¥यो त्यो मधेशी जनभावनाको विरोधी थियो । एक प्रदेशको ठाउँमा स्वायत्त मधेश दुई प्रदेश उहाँहरूले गर्नुभयो । यो खसवादीहरू आन्दोलन र विद्रोहलाई मात्र मान्छन् । यिनीहरूले लेखेर दिएर केही हुँदैन उनीहरूले संविधानमा यो शब्दको पुनर्लेखन गर्नुप¥यो मधेश आन्दोलन उद्धृत गर्नुप¥यो अनि मात्र सार्थक हुन्छ । वार्ताबाट सम्झौता गरेर न हिजो केही पायो मधेशी जनताले न अब पाउँछ ।

० सहमति गरेर पनि मधेशको समस्या समाधान गर्न सकिन्छ नि ? 

— मधेशी नेताहरू २०७२ को संविधान पनि जलाउनुहुन्छ अनि फेरि गएर प्रधानमन्त्रीलाई भोट हाल्नुहुन्छ । मधेशी नेताहरूको भनाई र गराईमा कहिले पनि एकरूपता देखिएको छैन । जसरी खसहरूले धोका दिने गरेका छन् त्यसरी मधेशी नेताहरूको पनि केही विश्वास छैन । यस्तो अवस्थामा फेरि यिनै मधेशी नेताहरूसँग गरेको सम्झौतालाई आधार बनाएर सहमति भयो भनेर जनविद्रोहलाई छोड्नु भनेको इतिहासकै अर्को भूल हुनेछ ।

० यदि सम्झौता गरेर अगाडि बढ्ने हो भने मधेशीहरूले दिएको सहादत्त खेर जान्छ त ? 

— खेर त गइरहेको छ नि । मधेशी नेताहरूसँग म आग्रह गर्छु यो तिन चारवटा मोर्चाको ठाउँमा एउटै मोर्चा बनाएर सशक्त रूपमा अगाडि बढौं ।

० पटक पटक मधेशीहरूले आन्दोलन गर्नु नपरोस् अहिलेकै आन्दोलनबाट एउटा निकास पाओस् मधेशका सम्पूर्ण जनता विकासतिर लागुन् त्यसको लागि दलहरू कसरी अगाडि बढ्नुपर्छ ? 

— एकताबद्ध भएर शहिदप्रतिको बलिदानीलाई बुझ्ने हो भने मात्र हाम्रो कर्तव्य पुरा हुनेछ । त्यसकारण हामी सबै मोर्चा तोडेर एउटा मोर्चा बनाऔं र एकजना संयोजक राखेर अगाडि बढौं । त्यो संयोजक जो पहिले ८ बुँदा २२ बुँदामा थिए उनीहरू भन्दा फरक राखेर अघि बढौं अनि मात्र मधेशको माग पुरा हुनसक्छ ।

० बलिदानी दिवसलाई तपाई कसरी सम्झनुहुन्छ ? 

— बलिदानी दिवस हाम्रो लागि सार्थक र परिणाममुखी होस् । २०७२ को संविधान पुनर्लेखन गरेर ‘समग्र मधेश एक स्वायत्त प्रदेश’ स्थापना होस् । पुनः समानुपातिक, समान जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, भौगोलिक, भाषिक, साँस्कृतिक हिसाबले निर्वाचन क्षेत्र निर्धारण होस् संविधान सबैको बनोस्, मधेश आन्दोलनले जुन सहादत दिएको छ त्यसको सम्बोधन संविधानले गरोस् भन्ने नै मेरो चाहना रहेको छ ।

० यस अवधिमा सहिद परिवारको अवस्था कस्तो छ र तिनीहरूको दुःख बुझ्ने काम नेताहरूबाट भएको छ कि छैन ? 

— सहिद परिवारप्रति गर्नुपर्ने भरण पोषणको दायित्व हामीबाट पुरा हुन सकेको छैन । राजनीतिक पूर्वाग्रह झुलेर कत्तिमा शहादत दिएका परिवारलाई हामीले सहयोग गर्नैपर्छ र सहिद परिवारको स्थिति सुदृढ बनाउनुपर्छ 

० अहिले चलिरहेको मधेश आन्दोलनबाट धेरै धनजनको क्षति नगरिकन अधिकार प्राप्तिका लागि मधेशी नेताहरू र मधेशी जनतालाई के सुझाव दिनुहुन्छ ? 

— गोलबद्ध भएर एक ठाउँमा आएर सशक्त आवाज उठाएपछि सरकारले यसै माग सम्बोधन गर्छ । हामीले एउटै मोर्चा बनाएर काम गरेको खण्डमा मधेशका जायज माग अवश्य सम्बोधन हुन्छ ।

 

Read 612 times

Leave a comment

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012