You are here: Homeअन्तरवार्ताअन्तरवार्ताजारी मधेस आन्दोलनको आज ५० औं दिन , समुदायको हैन राष्ट्रिय चिन्तनको अभाव शिव पटेल

जारी मधेस आन्दोलनको आज ५० औं दिन , समुदायको हैन राष्ट्रिय चिन्तनको अभाव शिव पटेल

Written by  Published in अन्तरवार्ता Sunday, 04 October 2015 08:53
Rate this item
(0 votes)

हजारौ नेपाली जनताको बलिदानी बाट आएको संबिधान सभा अन्ततः नेपालमा विवादित हुदै बहुमतको आधारमा त्यसबाट पारित नेपालको संबिधान २०७२ आउन नपाउदै लासै लासको बिचमा त्यसको दहन भएको सर्वबिदित नै छ । जुन नेपाली समाज मात्रै हैन संसारले नियालि रहेको छ । संबिधान सभा र त्यसबाट बन्ने संबिधान कारगर हुने जसमा सम्पुर्ण नेपालीहरुको अपनतव झल्किने लिइएको बिश्वास माथी आज नेपालका प्रमुख तिन राजनितीक दलका नेताहरुले कठाराघात गरेका छन् । जसले कहिल्यै पनि देशको लागि  हितकर हुने छैन् । 

नेपालमा संबिधान बन्नु नयाँ होईन  । बिगतको ईतिहास कोट्याउदा २००४, २०१५,२०१७ तथा २०४७ सालमा बनेको संबिधान केहि दिन चलेका पनि थिए । तर दरगामी सोचको अभाव एवं स्वार्थ र एकपक्षिय अवाज भएकोले असफल भयो । तर २०७२ सालको संबिधान गर्भबाट निस्कन बितिकै बिवादमा परयो । ४२ जना नेपालीको ज्यान लिई सकेको र अझ कति नेपालीले आफनो ज्यान गुमाउनु पर्ला त्यो अनिश्चित नै छ । तर पनि मुलुकको ठेका लिएका राष्ट्रबाद चिन्तन हैन एकल समुदायको मनोवृतिबाट ग्रसित राजनेताहरुको हेराईमा अहिले पनि परिर्वतन भएको देखिदैन । 

 संबिधान सभाबाट संबिधान बनिरहदाँ नेपाल भित्र पहिचान , अस्तित्व एवं अधिकार खोजीरहेका नेपालका मधेसी , आदिवासी, जनजाती,मुस्लिम, थारुहरुले पटक पटक बिभिन्न कार्यक्रम मार्फत आफना मुद्दा समावेस गराउन अवाज उठाईरहे तर शाषक वर्गले ति अवाजहरुलाई बेवास्ता गर्दै मनोपली ढंगबाट बन्दुकको भरमा आफना हठ पुरा गरे । जुन आफैमा बिवादास्पद रहेको छ । जसले देशमा एकताको हैन अनेकताको अनुभुति गराउन बाध्य पुरयाएको छ  । 

श्रावण ३० गते देखि नेपालको आधि जनसंख्या भएको मधेस भुभाग पुर्णरुपमा ठप्प रहेको छ । जुन आज ५० दिन भईसक्यो । मधेसको जनजिवन प्रभाबित छ । उद्योग कलकरखाना, शौक्षिक संघ संस्था, व्यापारिक प्रतिष्ठान तथा यातायात बन्द रहेको कोईपनि अनबिज्ञय छैन ।त्यति मात्र हैन आज १० दिन देखि भन्सारको सम्पुर्ण नाकाहरु ठप्प छन् । भारतबाट आयात हुने कुनै किसिमको समाग्री  नेपाल भित्रिएको छैन जसको कारण नेपालमा  ग्यास ,मटीतेल,पेट्रोलको हाहाकार छ भने दिनहुँ मधेसका हजारौ हजार महिला ,युवा तथा पुरुषहरु भन्सारको नाकामा गएर नाराहरु घन्काईरहेका छन् र्। जय मधेस, नाका बन्दी जारी छ ,हाम्रो माँग पुरा गर ,मधेस बिरोधी संबिधान चाहिदैन,हाम्रो आन्दोलन जारी छ ’ । ४२ जना शहिद परिवारहरु शोकमा डुवेका छन्  । हजारौ मधेसीहरु अस्पतालमा भर्ना भई उपचार गराईरहेका छन् । गाँउ गाँउमा टायर बलिरहेको छ तर हाम्रा अभिभावक नेपाल सरकार तर तिन ठुला दलका नेताहरु आन्दोलनका सम्बोधन गर्न तिर नलागि नयाँ सरकार गठनको कार्यमा व्यस्त भएको देख्दा हामी जस्तो नेपालीलाई आश्र्चचकित तुल्याएको छ भने उल्टै अधिकारको लागि जारी आन्दोलनलार्य भाडन  तथा बदनाम गराउन सरकार लागिपरेको छ । 

अधिकार प्राप्तिको लागि जारी यस आन्दोलनलाई संसारको नजरमा बदनाम गराउन शाषक वर्ग पहिले आन्दोलनमा जनताको सहभागिता छैन भने जब जनता सडकमा आए तब अन्धाधुन गोली प्रहार गरियो र आन्दोलनलाई हिंसक बनाउने प्रयास गरियो । जनु सफल भएन । मधेसीहरु गोली खाएर भएर पनि संयम देखिए । शान्तिपुर्ण आन्दोलन अगाडी बढदै गयो । स्थानिय प्रशासन मार्फत कर्फयु लगाइयो , दंगाग्रस्त क्षेत्र घोषणा गरियो , कतिपय आन्दोलनकारीहरु माथी झुठा मुद्दा चलाइयो , घर घरमा खानतलासी गरियो तत्पश्चात पनि मधेसी जनताहरु सडक प्रर्दशन जारी राखे र छातीमा नेपाल प्रहरी, सशत्र प्रहरीको गोली खाएर अगाडी बढीरहे । त्यसबेला सरकार आन्दोलन दबाउन सम्प्रादियक दंगा भएको पनि भन्न बाँकी राखेन । त्यति मात्र कहाँ हो र ? संबिधान भएको दिन सम्रग मधेसमा व्लैक आउट गरियो , गाँउ देखि शहर सम्मका सवै घरहरुमा कालो झण्डा फहराईयो जुन पुर्णरुपमा शान्तिपुर्ण थियो तथापि कालो झण्डा प्रर्दशन गर्ने प्रर्दशनकारीहरु माथी गोली चलाइयो र सहादत प्राप्त गर्ने वीर शहिदहरुको संख्या बढदै गयो । यता मधेसीहरु शोक मनाईरहेका थिए भने उता हाम्रा अभिभावक  भनाउदा नेपाल सरकार दिपावली मनाउन जर्बजस्ती उर्दी  जारी गरेको थियो । जुन आफैमा लजास्पद मात्र होईन पुर्ण रुपेन गैर जिम्मेवारीपनको पराकाष्टा थियो । अन्ततः मधेसीहरु बाध्य भएर अब हाम्रो कुरा सरकारले सुन्ने नभएपछि जारी मधेस आन्दोलनलाई अझ सशक्त बनाउन नाकाबन्दी गर्नको लागि भन्सार पुगे । जसको आज १० दिन बित्दै छ । मधेसीहरु नाकाबन्दी गर्न पुगेपछि शाषक वर्गहरु पुनः समस्याको समाधान खोज्नु त कहाँ हो कहा उल्टै भारतले अघोषित नाकाबन्दी गरेको हल्ला फिजाईयो  र पुणःआन्दोलसंग जोडिन थालियो भारतीय सहयोग । नेपाल र भारतको प्रगाढ छ । बेटी रोटीको सम्बन्ध छ ।त्यसमा पनि मधेसीहरुको अधिक । नेपालमा भुकम्प आउदा भारतीयहरुले गरेको अरवौको सहयोग हामी नेपालीले बिर्से र आज नेपालका मधेसीहरु आफनै सरहद भित्र अधिकार खोज्दा छिमिकी मित्रको नाताले भारतीय जनताको सर्मथन कदापि गलत होइन ? उचित र न्याय संगत छ ।

दाउरा सुरवाल र टोपी लगाउदैमा र नेपाली भाषा बोल्दैमा कुनै पनि मान्छे राष्ट्रबादी हुन सक्दैन र राष्ट्र मजबुद पनि हुदैन । असल नेपाली मनले हुनुपर्छ र कर्मले मधेसीहरुमा नेपालीपनको भावना कम छैन ।जनु जगजाहेर छ । नेपालमा भएको कुनै पनि आन्दोलन होस या लडाई मधेसीहरुले देखाएको बिरता सरहानीय छ । ईतिहास पल्टाएर हेरौ आज नेपाल भारतको सिमानाको सुरक्षापनि मधेसीहरुले गरेका छन् । जुन मनन गर्नु, चिन्तन गर्नु आवश्यक छ । मधेसीहरु नेपाल भित्र समृद्ध मधेस एवं सम्पन्न मधेसी समुदायको कल्पाना गरेका छन् । अलग देशको होईन जसको स्पष्ट उदाहरण छ । नेपाल भित्र शान्तिपुर्ण आन्दोलन । मधेसीहरुको दृष्टिकोण स्पष्ट छ तर नेपालका अगुवा भनाउदा नेताहरुको अभिव्यक्ति र नियत गलत छ जुन बारम्बार मधेसीहरुलाई पिरोलीरहेको छ । ति अभिव्यक्तिले पनि कतै न कतै मधेसीहरुको ठेस पुरएको छ । प्रधानमन्त्री भईसकेका व्यक्तिले कुनै खास समुदायलाई अपहेलित गरेर भाषा बोल्नु कतिको जायज हो । देशको नेता एक बिशेष समुदायको होईन समग्र राष्ट्रको जनताको भावनालाई कदर गर्दै आफना अभिव्यक्ति दिन उचित हुन्छ ।जसबाट यो देश हरेक नेपालीको मनमा आफनो हो भन्ने प्रत्याभुति दिलाउन सक्छ । यहाँका हरेक समुदायको राष्ट्र प्रति त्यतिकै सम्मान र माया छ । 

संबिधान जारी गर्दाको बखत देखिएको दृश्य ताजा नै छ । मधेसवादी दलका नेताहरु संबिधान सभा बाहिर थिए अन्य राजनितीक दलमा भएका मधेसी सभासदहरु को घाँटीमा पार्टीको ह्विीप नामको चाँकु राखी संबिधान सभामा ताली बजाउन लगाईयो । रोईरहेको मनले देखावटी पारामा संबिधान जारी गरियो । परिस्थिती फेरिदै छ अब पनि नेपालका नेताहरुले समयमा आन्दोलनलाई सम्बोधन गर्न सकेनन भने देशको दुर्भाग्य हुने छ । मधेसका युवाहरुको मनमा फुटी रहेको लावा बाहिर आउन बाट कसैले रोक्न सक्दैन जुन नियन्त्रण भन्दा बाहिर जान सक्छ । नेपालको राजधानि काठमाडौमा धोती लगाएर हिडने मधेसी संग गरिएको व्यवहारलाई मधेसका युवाहरुले मन भित्र गाँठो पारेर राखेका छन् । जुन बाहिर आयो भने त्यो दिन कसतो होल ? हामी सम्पुर्ण नेपालीहरुले एक पटक मनन गर्ने पर्दछ । लोकतन्त्रमा आफनो अधिकारको लागि संर्घष गुर्न गलत होइन ? राज्यले खेलेको भुमिका ले तय गर्छ आन्दोलनको बाटो के ? काठमाडौंमा प्रर्दशन गर्दा पानीको फुहरा दिएर भिडलाई तितर बितर गर्नु र मधेसमा प्रर्दशन गर्दा घुडाँ तल हैन सिधा नेपाली जनताको छाती ,घाँटी र टाँउकोमा गोली हानेको यहाँका मानव अधिकारीवादीहरु लुकेको छैन । 

अन्ततः लोकतन्त्रमा कुनै पनि समस्याको समाधान वार्ताको माध्यमबाट हुने भएकोले सरकार अभिलम्ब सैयंम र गम्भिर भएर आन्दोलनकारीहरु संग बार्ता गरी वातावरण समान्य बनाउनु आवश्यक छ भने नेपालका वरिष्ठ र ठुला भनाउदा नेताहरुले पनि आफनो नियती भन्दा नियत ठिक गरेर अगाडी बढे देशको बिकास सम्भव छ र नेपालको भबिष्य पनि उज्जव छ । समानताको अधिकार सवैको अधिकार । एकाइसो शताव्दीमा अधिकारबाट बञ्चित कोई पनि हुन सक्दैन र राख्नु पनि हुदैन ।तब हुन्छ मधेस पहाडी सवै भाई भाई । नेपाल को जय होस ।

(लेखक ः नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य हुन ) 

 

 

Read 632 times Last modified on Sunday, 04 October 2015 13:56

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012