×

 

वीरगंज, ४ कात्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले पूर्वाधार विकास निर्माणको लागि छुट्याएको बजेट कार्यकर्ताको लागि रजाई बनेको छ । विकास निर्माणको नाममा मुख्यमन्त्री कार्यालयले छुट्याएको रकमले उनकै कार्यकर्ताहरुले कमाई खाने भाडो बनाएको भेटिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १९ हाल वडा नम्बर १६ नगवामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कम्पाउन्ड ढलान र साईकल पार्किङ्ग निर्माणको लागि मुख्यमन्त्रीले छुट्याएको रकममा व्यापक रुपमा भ्रष्ट्रचार भएको भेटिएको छ ।

मुख्यमन्त्री राउतले मुख्यमन्त्री कोषबाट विद्यालयको कम्पाउन्ड ढलान र साईकल पार्किङ्गको लागि १० लाख रुपैया बजेट निकासा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजवादी पार्टीका स्थानिय नेता अरुण कुमार यादवले बजेट कुम्लयाउँन गुणस्तरहिन काम गरेको स्थानियको आरोप छ ।

स्थानिय विनोद चौरसियाले मुख्यमन्त्री राउतले विकास निर्माणको लागि बजेट पठाएका होईन, आफनो कार्यकर्ताहरुलाई पाल्नको लागि बजेट छुट्याएका हुन्, वीरगन्ज १६ नगवाको एउटा स्कुलमा भएको सानो भ्रष्ट्रचार मात्र हो, मुख्यमन्त्री कोषबाट करोडौको योजनाहरु संचालन भईरहेको छ यसमा पनि व्यापक भ्रष्ट्रचार भएको देखिएको छ ।

मुख्यमन्त्री राउतकै संसदीय क्षेत्र भएकोले आफनो कार्यकर्ताहरुलाई पालन पोशनको लागि कार्यकर्ताहरुले माँग गरे अनुसारको बजेट धमाधम निकासा गरेका छन् र विकासको नाममा व्यापक रुपमा लाखौ रुपैयाको भ्रष्ट्रचार भईरहदा सम्बन्धीत निकाय मौन बसेको छ ।

विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष यादव गरी २ महिला सहित पाँच जना सदस्य छन् । अन्यलाई बजेट निकासा बारे जानकारी छैन । अध्यक्ष यादव मुख्यमन्त्री राउत निकट हुन् । उनले मुख्यमन्त्रीलाई भनेर विद्यालय भौतिक निर्माणको लागि बजेटको माँग गरेका थिए । उनको माँग अनुसार मुख्यमन्त्री राउतले मुख्यमन्त्री कोषबाट १० लाख रुपैया बजेट निकासा समेत गरेका हुन ।

तर बजेट कुम्लयाउन अध्यक्ष यादवले साईकल पार्किङ्ग समेत बनाएका छैनन् । कम्पाउन्डको ढलान अत्यन्तै गुणस्तहीन छ । स्टीमेट अनुसार काम समेत नगरेको स्थानियले बताए । शनिबार नगवाका स्थानियवासीले विद्यालय नै घेराहाली गुणस्तहीन काम गर्ने व्यवस्थापन समितिका अध्यक्षलाई कारवाहीको माँग समेत गरेका छन ।

कम्पाउन्ड ढलानमा माटोमै नामको लागि गिट्टी, बालुवा छरेर त्यसमा सिमेन्टको घोला मात्र हालेको भेटिएको छ । त्योपनि गुणस्तहीन नै छ । स्थानिय अगुवा नेता अशोक पटेलले भने, कस्तो ढकाल छ हामी हातले फोडदा ढलान नै फुटी रहेको छ । समितिका अध्यक्ष यादव आफनो मनोमानी ढंगले अन्य समितिका सदस्यहरुलाई जानकारी नै नगराई गोप्य रुपमा गुणस्तरहीन कम्पाउन्ड ढलान गरेको उनको आरोप छ ।

व्यवस्थापन समितिका सदस्य मगदीश राउत अहीरले भने, अध्यक्ष यादवले आफूलाई झुक्याएर निर्माण सम्बन्धी गरेको निर्णयमा हस्ताक्षर गराएको बताए । मुख्यमन्त्री संग बजेट माँग गरेको आफूलाई जानकारी गराएपनि कहिले र कति बजेट ल्याएको त्यो बारे जानकारी गराएका छैनन् उनले भने, विद्यालयको कम्पाउन्ड ढलान गराउँनु छ भनेर झुक्याएर माईनेट बुकमा हस्ताक्षर गराएको छ । अन्य समितिका अन्य सदस्यहरुलाई समेत बजेट ल्याएको बारे केहि जानकारी छैन ।

मुख्यमन्त्री कोषबाट छुट्याएको बजेटमा निर्माण कार्य भईरहेको वडा अध्यक्ष श्यामप्रसाद चौरसियाले बताए । उनले भने, विद्यालयको कम्पाउन्ड ढलान र साईकल पार्किङ्ग निर्माणको लागि मुख्यमन्त्रीले आफनो कोषबाट १० लाख निकासा गरेको छ तर आफनो गाउँ, आफनो घर, आफनै स्कुलको विकास निर्माणको काममा गुणस्तरहीन काम गर्नुहुदैन ।

घटनास्थल पुगेका वडा अध्यक्ष चौरसियाले गुणस्तरहीन काम गरी भ्रष्ट्रचार गर्ने व्यवस्थापन समितिका अध्यक्षलाई आवश्यक कारवाहीको लागि आफूले सम्बन्धीत निकायमा पहल गर्ने बताए । यता स्थानियले गुणस्तहीन काम गरी लाखौ भ्रष्ट्रचार गर्ने अध्यक्ष यादवलाई कारवाही नभएसम्म स्कुल खुल्न नदिने स्थानियले चेतावनी समेत दिएका छन । www.thenepaltop.com बाट

Back to top