×

वीरगंज, ४ कात्तिक । बारा–पर्सा ब्यापारिक मार्गका उद्योगहरुले सरकारबाट आवश्यक मायाँ र शुरक्षा अझै पाउन नसकेको उद्योगीहले गुनासो गरेका छन् । यस ब्यापारिक मार्ग मुलुककै समग्र अर्थतन्त्रको मेरुदण्ड भएपनी सरकारले सोही अनुरुप हेर्न नसकेको भन्दै उनिहरुले असन्तुष्टी ब्यक्त गरेका छन् ।

जीतपुरसिमरा नगरर उद्योग वाणिज्य संघको आयोजनामा आईतबार सिमरास्थित होटल ईच्छामा सम्पन्न यस क्षेत्रका उद्योग तथा ब्यवसायको सुरक्षासम्बन्धी बृहद अन्तरकृया कार्यक्रममा बोल्दै उनिहरुले मुलुककै अर्थतन्त्रको मेरुदण्डलाई सरकारले उपेक्षा गरिरहेको गुनासो गरेका हुन् ।

बिगतका तुलनामा यस क्षेत्रको शान्ति सुरक्षा सुब्यवस्थित हुँदै गएको स्विकार गर्दै उनिहरुले उद्योगीहरुको मनोबल बढाउँदै यसलाई निरन्तरता दिन अझै प्रभावकारी रुपमा प्रस्तुत हुनुपर्ने सुझाव ब्यक्त गरेका छन् । यसका लागी बारा पर्साका सुरक्षा निकायहरुबिच निरन्तर छलफल आवश्यक रहेको उनिहरुको भनाई छ ।

प्रदुषणका सवालमा यस क्षेत्रका उद्योगी र स्थानियबिच लामो समयदेखी निरन्तर द्वन्दको अवस्था श्रृजना हुँदै आएको भन्दै उनिहरुले सरकारले. कुन क्षेत्रमा उद्योग, कुन क्षेत्रमा बसोबास र कुन क्षेत्रमा कृषी उत्पादन गर्ने भन्ने स्पष्ट खाका ल्याउन नसकेको बताएका छन् ।

कार्यक्रममा बोल्दै वीरगञ्ज उद्योग बाणीज्य संघका बरष्ठ उपाध्यक्ष सुबोध गुप्ताले उद्योग र स्थानियको यस किसिमको द्वन्दमा प्रशासन मौन रहनुले झन् समस्या निम्त्याएको बताए ।

साथै कार्यक्रममा बोल्दै जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका सल्लाहकार गणेश प्रसाद साहले सरकारले साना ठुला सबै ब्यवसायीहरुलाई एकै नजरले हेर्नेगरेको भन्दै असन्तुष्टी ब्यक्त गरेका छन् । ठुलो पुँजी र धेरै जनशक्ती प्रयोग गरेर धेरै उत्पादन गर्ने उद्योग र साना ब्यवसायीलाई एउटै नियमले बाँध्न खोजे साना उद्योगीहरुको मनोबल घट्ने भन्दै उनले ब्यवायीहरुलाई सरकारले हेर्ने नजर परिवर्तन गर्नुपर्ने बताए ।

कार्यक्रममा शुरक्षा लगायत बिविध बिषयमा उद्योगीहरुले राखेका प्रंश्न र गुनासाको प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतले सम्बोधन गरेका थिए ।

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष सञ्जय साहको अध्यक्षतामा भएको कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे, जिल्लाका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक बिकासराज खनाल, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाईँ, नेपाल बिद्युत प्राधिकरण सिमरा बितरण केन्द्रका प्रमुख रोहिणी पौडेल, ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीलगायत यस क्षेत्रका साना ठुला उद्योगी ब्यवसायीको उपस्थितीरहेको थियो ।

Back to top