×

वीरगंज २५ असोज । नेपाली काँग्रेज वीरगंज महानगरपालिका वडा नम्बर ११ ले आज शुभ दिपावली तथा छठपर्वको उपलक्ष्यमा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

बुथ सभापति गोपाल प्रसाद रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य रमेश रिजाल, अजय चौरसिया, पुर्व सांसद अनिल रुगंटा, जिल्ला सभापति अजय द्विवेदि, नेपाली कांग्रेसका सचिब श्याम पटेल, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्सा शाखा अध्यक्ष दिनाप्रसाद गुप्ता, दुर्गादेबी, राजु गुुप्ता, रामनारायण प्रसाद लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै केन्द्रिय सदस्य रमेश रिजालले नेपाली कांग्रेस सबैको बिचारलाई जोड्ने पार्टी भएकाले कहिल्यै समाप्ता नहुने धारणा राख्दै स्थापना कालदेखि नै बिचलित नभएको पार्टी आउंदो निर्बाचनमा पहिलो पार्टी बन्ने धारणा राखेका थिए ।

कार्यक्रमलाई संबोधन गर्दै अजय चौरसियाले बर्तमान सरकार दुई तिहाइको समर्थन प्राप्त गरेको भएपनि जनताको पक्षमा काम हुन नसकेको र अनेक खालको काण्डका कारण बदनाम बनेको र जनता निरास बन्दै जान थालेको धारणा समेत राखेको थिए । उहाँहरुले माओबादी, मधेशी जनअधिकार फोरम, तमलोपा लगायतको पार्टी समाप्त भएको तर कांग्रेस झन झन जन उत्तरदायी पार्टीको रुपमा दरिन पुगेको समेत बताउनुभयो ।

कार्यक्रममा उहाँहरुले अव आफ्नो भित्रको सबै प्रकारको आन्तरिक समस्या समाधान भएकोले आउंदो निर्बाचन परिणाम कांग्रेसको पक्षमा आउने जिकिर समेत गरेका थिए । सुन्दर साहले स्वागत गरेको कार्यक्रमको सहजीकरण मनोज मण्डलले गर्नुभएको थियो ।

Back to top