वीरगन्जको मुख्य सडक ५० मिटर चौंडा गर्ने अभियानमा मेरो कुनै अवरोध छैन-सांसद यादव

1416

 

वीरगन्ज २४ असोज । पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर १ बाट निर्बा्चित माननीय सांसद तथा समाजवादी पार्टीका युवा नेता प्रदिप यादवले समाजको हरेक क्षेत्रको समान बिकासको लागि आफुले सदन हल्लाइरहेको बताउनु भएको छ ।



उहाँले बिकास निर्माणमा आफुलाई सांसद बापत प्राप्त भएको ४ करोड रुपैंयाँको सत प्रतिशत जनताको हितमा प्रयोग गरेको समेत बताउनुभयो ।

उहाँले माटोभरी ग्राभेल गर्ने कामको आफु बिरोधी भएकोले त्यसमा लगानी नगरेको र जहाँ पनि लगानी गरेको छु त्यहाँ सडक पिचमा लगानी गरेको छु जुन ५० बर्षपछि पनि केही नहुने बताउनुभएको छ ।

वीरगन्जका एक स्थानिय एफएमको समय सन्दर्भ कार्यक्रममा गएको साउन २८ गते बोल्नुहुँदै उहाँले बिकास निर्माणमा कमिशन खानेहरुले आमाको रगत खाने पिचास भएको संज्ञा दिनुहुँदै सांसद यादबले आफुले घन्टाघर र लक्षमनवा चोकमा लगाएको मास लाइटले सबैको ध्यान केन्द्रीत गरिरहेको समेत बताउनुभयो ।

सांसद यादबले वीरगन्जको मुख्य सडकको चौंडा अभियानमा आफ्नो कुनै अवरोध नभएको बताउनु्हुँदै ५० मिटर तोडेपनि आपत्ति नहुने तर तोडेर मात्र हुन्न तत्काल निर्माण पनि गर्ने ग्यारेन्टी र बजेटको ब्यबस्थापन हुनुपर्ने अन्यथा डोजर ल्याएर तोडफोड गर्दैमा समस्या समाधान नहुने निर्माणको ग्यारेन्टी हुनु्पर्ने बताउनुभयो ।

नेता यादबले प्रदेश नम्बर २ को राजधानी बीरगन्ज हुन नसके जनकपुर पनि हुन नदिने दृढता ब्यक्त गर्नुहुँदै बिचको भाग खोजी भैरहेको खुलासा समेत गर्नुभयो ।

नेता यादबले बीरगन्जका ढल ब्यबस्थापनको लागि शुरु भएको परियोजना फेल भएको बताउनुहुँदै डिजाइन नै परिवर्तन गरेर सधैंभरि बीरगन्जलाई डुवानमा राख्नेहरुलाई नाँगेझार पारेर जेल हाल्नुपर्ने जिकिर समेत गर्नुभयो ।

बीरगन्ज डुवानमा जनप्रतिनिधी आउनुभन्दा पहिलाका कर्मचारी संयन्त्र नै जिम्मेवार रहेको समेत बताउनुभयो । उहाँले बर्तमान यातायात मन्त्रीसंग घन्टघरदेखि शंकराचार्य गेटसम्मको मास्टर प्लान नै नभएको जिकिर समेत गर्नुभयो ।