×

 

वीरगंज २३ असोज वीरगंज विकास युवा संघर्ष समितिको दोस्रो बैठक सम्पन्न भएको छ । वीरगंज महानगरपालिका वडा नं. १० ठाकुर राम बहुमुखी क्याम्पसको प्राङ्गणमा बसेको बैठकले वीरगंजको मेन रोड फराकिलो पार्न आज दबाव दिन बिरोध प्रदर्शन तथा चक्का जाम गर्न निर्णय गरेको छ ।

संघर्ष समितिका सन्दीप कुमार साहको अध्यक्षतामा बसेको बैठकले असोज २३ गते बिहिबार दिउँसो ४ बजे वीरगंजको घण्टाघर बिरोध प्रदर्शन र माईस्थानमा १ घण्टा चक्काजाम गर्ने निर्णय गरेको समितिका अकलेश साहले वताए ।

वीरगंजको बिकास बिरोधी र बाटो फरकिलो पार्नु हुन्न भन्ने दलालहरुको बिरुधमा वीरगंजका युवाहरू बिरोध पर्दशन तथा चक्का जाम गर्न लागेको साहले जानकारी गराए ।

संघर्ष समितिको बैठकमा समितिका अकलेस साह, रंजित चौरसिया, महमुद अंसारी, राकेश पटेल, धर्मेन्द्र पटेल, सरण कलवार लगायतको उपस्थिति रहेको थियो । यश अघि पनि समितिले वीरगंजको फराकिलो पार्नको लागि बिरोध प्रदर्शन गरेको थियो ।

Back to top