जनताको माया र बिस्वास माथि खडा उत्रिन आफु प्रतिबद्ध-मन्त्री जितेन्द्र सोनल

87

बारा २३ असोज । बाराको परवानिपुर गाउँपालिका वाड नम्बर २ रामपुर टोकनीमा प्रदेश नम्बर २ भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले शुभकामना आदानप्रदान र स्थानीयहरु संग भेटघाट तथा बैठक गरेका छन् ।

दशैं ,तिहार र छठ को अवसरमा खाली समयलाई सदुपयोग गर्दै मन्त्री सोनलले आफ्नो निर्वाचन क्षेत्रमा शुभकामना आदानप्रदान र स्थानीयहरु संग भेटघाट तथा बैठक गरेका छन् ।



मन्त्री सोनलले यो कार्यक्रमलाई निरन्तरता दिने र पर्व को बेला परत्यक्ष जनता संग भेट गरि शुभकामना साथ स्थानीयको समस्या बारे जानकारी लिएर समाधान तिर लागने बताए ।

निरन्तर समाज संग जोडेर सामाजिक मुद्दा उठान र समधान गर्ने तर्फ उन्मुख रहेका मन्त्री सोनलले यो खाली समयलाई विशेष रुपमा सदुपयोग गर्ने बताए ।

उनले भने आफनो क्षेत्रका जनताले बिस्वास गरि मलाई निर्वा्चित गराएको छ र म जनताको माया र बिस्वास माथि खडा उत्रिन आफु प्रतिबद्ध रहेको भन्दै उनले आफ्नो क्षेत्रका हरेक जनताको घरमा पुगेरसमस्या बुझ्ने र त्यो समस्या तत्कालै समाधान गर्ने आफ्नो योजना रहेको बताए ।

बाराको परवानिपुर गाउपालिका वार्ड न. २ रामपुर टोकनीमा शुभकामना आदानप्रदान र स्थानीयहरु संग भेटघाट तथा बैठक कार्यक्रममा सासद एकबाल मिया, गाउपालिका अध्यक्ष हरिनारायण साह, जवाहर महतो, सिताराम गुप्ता लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।