×

वीरगंज २२ असोज । प्रदेश २ कै पहिलो चार तारे होटलको रुपमा स्थापना भाएको होटल इच्छा पाँच तारे होटलमा स्तरोन्नती हुने भाएको छ।

बाराको सिमरामा रहेको होटल इच्छाले ३० करोड रुपैयाँ लगानी थपेर होटललाई पाँच तारे बनाउन लागेको हो। यस अघि होटल इच्छामा ९० करोड रुपैयाँ लगानी गरिएको थियो।

निजगढमा बन्ने अन्तराष्ट्रिय विमानस्थल तथा निजगढ–काठमाडौं द्रुत मार्ग निर्माण भएपछि पर्यटकीय हिसाबले प्रदेश २ कै कायापलट हुने सम्भावनाको साथ व्यवस्थापन पक्षले होटलको अपग्रेडको नीति लिएको हो।

होटलका सञ्चालक इच्छा बहादुर वाग्लेका अनुसार होटल इच्छा पहिले ९० करोड लगानीमा ६० बेडरुमको बनेको थियो। अहिले ३० करोड रुपैयाँ लगानी थपेर पाँच तारे होटलका लागि आवश्यक मापदण्ड अनुसारको काम सुरु गरिएको हो।

स्वीमिङ पुल, रेस्टुरेन्ट र सभाहलसहित सञ्चालनमा आएको होटललाई पाँच तारे होटलको मापदण्ड अनुसार तयार पार्ने काम शुरु भाइसकेको र अबको ६ महिनामा होटल पाँच तारे होटलको रुपमा सञ्चालन हुने वाग्लेको दावी छ।

‘हामी एकदमै उत्साहित छौ, चार तारेबाट पाँच तारे होटलमा जादै छौं, उनले भने, ‘वीरगंजबाट आउने पर्यटक तथा प्रदेश २ का अन्य ठाउँ घुम्न आउने पर्यटकलाई उत्कृष्ट हस्पिटालिटीको सेवा उपलब्ध गराउने लक्ष्य छ।' होटल इच्छाले क्यासिनोको लइसेन्स लिएर स्माइल क्यासिनो पनि सञ्चालन गरिरहेको छ।

होटल व्यवस्थापन पक्षले दशैंको बेला ५० प्रतिशत अकुपेन्सीमा होटल सञ्चालन भइरहेको जनाएको छ। अकुपेन्सीलाई बढाउन भारतीय होटल व्यवास्थपन समुह क्रिम्सनको फ्रेन्चाइज गरेको छ।

क्रिम्सन समुह नेपालमा थप दुई वटा पाँच तारे होटलको व्यवस्थापन सम्हाल्ने सोचका साथ नेपाल भित्रिएको छ। क्रिम्सनले झापाको दमक र मोरङको विराट चोकमा निर्माणाधिन होटलहरुको व्यवस्थापन गर्न लागेको हो।

चिनिया लगानीकर्ता तथा नेपाली केही व्यवसायी मिलेर दमकमा पाँच तारे होटल स्थापना गरिरहेका छन् भने मोरङको विराट चोकको पूर्वाञ्चल लुब्रिकेन्ट्स अर्गानाइजेशन (पिएलओग्रुप) ले पाँच तारे होटल निर्माण गरिरहेको छ। bizmandu.com बाट

Back to top