एकै परिवारका तिन जना डाक्टरले दिए वीरगन्जको मेलामा आउने भक्तजनलाई सेवा

859

वीरगन्ज २० असोज । एकै परिवारका तिन जना डाक्टरले वीरगन्जमा लागेको गहवामाईको मेलामा आउने भक्तजनलाई निशुल्क प्राथमिक उपचार सेवा प्रदान गरेका छन ।

नेशनल मेडिकल कजेलका मिर्गौला विभाग प्रमुख डाक्टर प्रमोदकुमार सर्राफ उनका छोरी डाक्टर श्रीजना सर्राफ र जवाई डाक्टर आषिस साहले गहवामाईको मेलामा आउने भक्तजनलाई निशुल्क प्राथमिक उपचार सेवा दिएका छन ।



हरेक वर्षझै यसवर्ष पनि नेपाल रेडक्रस सोसाइटी पर्साले वीरगन्जमा लागेको गहवामाईको मेलामा आउने भक्तजनलाई निशुल्क प्राथमिक उपचार सेवा दिने कार्यक्रममा डाक्टर प्रमोदकुमार सर्राफ उनका छोरी डाक्टर श्रीजना सर्राफ र जवाई डाक्टर आषिश सााह सहभागी भएका थिए उनिहरु वीरगन्जको माईस्थान चौकमा राखिएको शिवीरमा विभीन्न किसीमको रोगहरू निःशुल्क परीक्षण गर्नुको साथै औषधि पनि बितरण गरिएका थिए ।

नेपाल रेडक्रस सोसाइटी पर्साले वीरगन्जमा लागेको गहवामाईको मेलामा आउने भक्तजनलाई समुदायस्तरमा विभिन्न चेतनामूलक गतिविधिहरू सञ्चालन पनि गरेका थिए ।