×

 

वीरगन्ज ८ असोज । वीरगन्जमा आज विश्व फार्मासिष्ट दिवसको अवसरमा -याली निकालिएको छ । हरेक वर्ष आजैका दिन 25 september मा विश्व फार्मासिष्ट दिवस मनाउदै आएकोमा आज बारा पर्सामा रहेका क्वेस्ट फार्मास्यूटिकल्स, राष्ट्रिय स्वास्थ्य सेवा, नेपाल फार्मास्यूटिकल्स, मारुति फार्मास्यूटिकल्स, म्याग्नस फार्मास्यूटिकल्स, एपेक्स फार्मास्यूटिकल्स, सगरमाथा प्यारेन्टरल्स, सर्वोच्च औषधि, आर्य फार्मास्यूटिकल्स, प्राइम फार्मा, अद्वितीय फार्मास्यूटिकल्स, एलायन्स फार्मास्यूटिकल्स, डीडीए वीरगन्ज र फार्मेसीको मोडेल कलेजका औषधि उत्पादकका संचालक तथा कर्मचारीहरुले दिवश फार्मा्सिष्ट दिवस मानाएका हुन ।

फार्मेसी र फार्मासिष्टको महत्त्व सम्बन्धी सचेतना र फार्मासिष्टहरू तपाईका औषधिहरूका विज्ञ हुन् भन्ने मूल नाराका साथ फार्मा क्लब वीरगन्जको आयोजनामा -याली निकालि दिवश फार्मासिष्ट दिवस मानाएका हुन ।

विश्व फार्मासिष्ट दिवसको अवसरमा वीरगन्जको घण्टाघरबाट निकालिएको -याली वीरगन्ज नगर परिक्रमा गरि पुनः घण्टाघर नजिक आई कोणसभामा परिनत भई समापन भएको थियो ।

विश्व फार्मासिष्ट दिवसको -यालीमा औषधि उत्पादकका संचालक कम्पनिमा कार्यरत कर्मचारी, फार्मेसी कार्यमा अध्यापनरत प्राध्यापकहरू, तथा विद्यार्थी साथीहरूको सहभागिता रहेको फार्मा क्लब वीरगन्जका अध्यक्ष देवान्द साहले बताए ।

Back to top