वीरगन्जको रानीघाटमा सामुदायिक सद्भाव बढाउदै हिन्दू, मुस्लिम मिलेर मनाउदै दुर्गा

292

वीरगंज ८ असोज । वीरगंजको रानीघाट चोकमा माटोको दुर्गा भगवतीको मूर्ति बनाउन मूर्तिकारहरू व्यस्त छन् । कोही माटो मुच्दैछन् भने कोही भगवतिको मूर्तिलाई आकार दिन व्यस्त देखिए । मूर्ति राख्न पण्डालको व्यवस्था गरिएको छ । दुर्गा पूजा सेवा समितिले बनाएको पण्डाल भित्र दुर्गा भगवती, सरस्वति, लक्ष्मी गणेश, शिवपार्वति, कार्तिकेय र महिषासुरलगायत दशवटा मूर्ति रहेका छन् । जुन दुर्गा पूजाको लागि अनिवार्य मानिन्छ ।

नेपालीहरूको महान् पर्व दशैं नजीकिंदै जाँदा वीरगंजमात्र नभई तराईका जिल्लाहरूमा दुर्गा भगवतीको मुर्ति बनाउने चहलपहल देखिन्छ । वीरगंजका मुख्य चोकहरूमा अहिले दुर्गा पूजाको तयारीका लागि भारतीय मूर्तिकारहरू मूर्ति बनाउन व्यस्त छन् । घटनास्थापनासम्म मूर्तिको सम्पूर्ण काम सकाउनुपर्ने भएकोले अहिले मूर्तिकारलाई भ्याइ नभ्याई आजको प्रतिक दैनिकमा समाचार छ ।



 

पन्ध्र दिन पहिले बनाउन शुरू गरिएको दुर्गालगायत अन्य देवीदेउताका मूर्ति आउँदो शनिवारसम्म रंङ्गरोगन, पोशाक र अस्त्रशस्त्र सजावट गरिसक्नुपर्ने भएकोले मूर्तिकारहरू दिनरात लागिपरेका छन् ।

बडादशैंलाई तराई–मधेसमा दशहरा, नवरात्रि र नवमीको नामले मनाइन्छ । आसुरी शक्तिमाथि विजय प्राप्त भएको सम्झनामा दशैंमा विभिन्न शक्तिपीठमा गई पूजापाठ गर्नुको विशेष मान्यता छ । तर धार्मिक सहिष्णुता र सामुदायिक सद्भाव बढाउने भएकोले तराई—मधेसमा माटोको भगवती बनाई चोकचोकमा पूजा गर्नुको छुट्टै महŒव छ । जहाँ हिन्दू मन्दिर तथा शक्तिपीठहरूमा अन्य धर्मावलम्बी गएको पाइँदैन, तर सामुदायको खर्चमा माटोको दुर्गाको मूर्तिमा कुनै जातीय र धार्मिक विभेद पाइँदैन । हिन्दरु, मुस्लिम, सिख, इसाई जुनसुकै धर्मावलम्बीका मानिस निर्धक्क भएर पण्डालमा बस्न सक्छन्–बताउँछन् दुर्गा पूजा सेवा समितिका सतीशकुमार सिंह राजपूत ।

हिन्दू, मुस्लिम र सिख मिलेर बनाए भगवतीको मूर्ति

२०५७ सालदेखि दुर्गा पूजा सेवा समितिले रानीघाट चोकमा पण्डाल बनाई दुर्गा पूजाको शुरूआत गरेको थियो । सो समितिमा समुदायका मुस्लिम र सिख धर्मावलम्बी समावेश छन् । सब व्यवस्थापनदेखि विसर्जनसम्म दुर्गा पूजामा एकजुट भई पूजाको तयारी गर्छन् । जहाँ छुवाछूत, धार्मिक र जाीतय विभेद देखिंदैन । मूर्ति बनाउन, पूजा तथा अन्य सजावटको खर्चमा कम्तिमा एक लाख देखि डेढ लाखसम्मको खर्च हुने गरेको समितिका सिंह बताउँछन् ।

जुन व्यक्तिगत कसैको खर्च नभई समुदायका हिन्दू, मुस्लिम र सिख सबैको सहयोगले सङ्कलन हुन्छ । समितिमा आबद्ध नुरूलहोदा अंसारी मस्लिम समुदायको भएपनि भगवतीलाई चाहिने पोशाक र अन्य सामग्री सीमा पारी रक्सौल गएर ल्याउने उनको जिम्मा छ ।

मानवताको धर्मलाई मान्यता दिएर समुदायमा भएको हरेक कार्यमा सबैको सहकार्य भए सहज र अपनत्वको भाव उत्पन्न हुने हुँदा एक अर्काको पर्वमा विनाभेदभाव लागिपरेको उनी बताउँछन् । असांरी भन्छन्–“हामी सब एक हौ मानिसको सोचमात्र फरक हो ।” समितिका हिन्दू सदस्य सिंह भन्छन्– “विगत १८ वर्षदेखि हामीहरू मिलेर दुर्गा पूजा गर्दैछौं, आपूmसँग दुर्गा भगवती अहिलेसम्म रिसाउनुभएको छैन । कुनै धर्मग्रन्थमा यस्तो लेखेको पाइँदैन जातीय विभेद धर्मले गर्दा भएको हो ।”

बडा दशैको अवसरमा तराई–मधेसमा सामूहिक खानपान गर्नुभन्दा सामूहिक पूजापाठ गर्ने चलन भएकोले पनि माटोको मूर्तिको स्थापना गरिन्छ । जसले गर्दा समुदायमा रहेका हरेक जातजातिले आप्mनो आर्थिक स्थिति अनुसार पैसा सङ्कलन गरी सामूहिक रूपमा दुर्गा भगवतीको मूर्ति स्थापना गर्ने चलन छ ।

समुदायको सहयोगमा स्थापना भएको सो मूर्तिको पूजापाठदेखि हरेक कार्यमा सामुदायको सहयोग चाहिने भएकोले पनि दश दिनसम्म हरेक व्यक्ति एकआपसमा मिलेर खुशी साटासाट गर्छन् । दशैं सकिएपछि पूर्णिमाको अन्तिम दिन समुदायका व्यक्ति मिलेर खुशीका साथ नाचगान गर्दै नजीकको जलाशय नदी अथवा तलाउमा गई भगवतीको मूर्ति विसर्जन गर्ने र एक आपसमा रङ्ग–अबीर लगाउने चलन छ ।