×

वीरगन्ज ३ असोज । संविधान दिवस मनाउने भनेर निर्णय गरेर ब्याक भएको प्रदेश २ सरकारको मधेश भवनमा दिपावली गरिएको छ । शुक्रबार परेको असोज ३ गते परेको संविधान दिवसको पूर्व सन्ध्यामा बिहीबार साँझ प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लगायत मन्त्रालयहरु र मन्त्रीका क्वाटरहरुमा दीपावली मनाइएको छ ।

प्रदेश २ सरकारको सत्तारुढ दल संघीय समाजवादी पार्टीका मुख्यमन्त्रीदेखि मन्त्रीहरुले संविधान दिवसको कुनै पनि कार्यक्रममा सहभागि नभइ तटस्थ बस्ने बताउँदै आएका छन् । पहिला संविधान दिवस तीन दिवसीय रुपमा मनाउने भनेर निर्णय गरेको प्रदेश २ सरकार समाजवादी पार्टीको तटस्थ बस्ने निर्णयसंगै दिवस मनाउन पछि हटेको थियो ।

यस्तै प्रदेश २ सरकारका अर्का सत्ता साँझेदार दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) संविधानप्रति असुन्तुष्टि जनाउँदै कालो दिवस मनाउने र बल्याक आउट समेत गर्ने बताइरहेका छन् । तर संविधान दिवस नमाउने बताउने सत्ताका नेतृत्व गर्ने समाजवादी पार्टीका मन्त्री र कालोदिवस मनाउने अभिव्यक्ति दिइरहेने राजपा नेपालका मन्त्रीहरुकै मन्त्रालय र क्वाटरमा दीपावली प्रज्वलन गरी मनाएपछि उनीहरुको दोहारो चरित्र देखिएको छ ।

Back to top