×

वीरगन्ज १० साउन । जिल्ला प्रहरी कार्यालय पर्साले गएको साउन १० गते देखि कागजातपत्र नमिलेको गाडीहरु वीरगन्ज बजारबाट नियत्रर्णमा लिन काम सुरुगरेको थियो, तर अहिले आएर गाडी नियत्रर्णको नाममा पर्सा प्रहरीले पैसाको चलखेल सुरु भएको श्रोतले जनाएको छ ।

दुई चार दिन भन्सार फेल भएको गाडीहरु गएको साउन १० गते ना.१.च.२३५५ नम्बरको जिप तथा WBD ९६६८ र PB २२ N १५२७ नम्बरको भारतिय गाडी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार चलान गरेको थिए, तर अहिले ७२ दिन देखि भन्सार फेलभएको भारतिय नम्बर BR 05 H 5364 कार नियत्रर्णमा लिए दश दिनदेखि कार छोडनका लागि एक सवा लाखको मोलतोल चलि रहेको श्रोतले जनाएको छ ।

वीरगन्जको छपकैया ओम शान्तिको भवन नजिकबाट जिल्ला प्रहरी कार्यालय पर्साका टाईगर टोलीले दश दिन अगाडी BR 05 H 5364 कार नियत्रर्णमा लिएका थिए, अहिले पनि कार जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा नै रहेको छ, कारका मालिकसंग कुरा मिलाउन र कार छुटाई दिने काममा वडा प्रहरीकार्यालय विर्ताका एक प्रहरी लागि परेका छन ।

Back to top