×

वीरगन्ज २५ भदौ । समाज परिर्वतन नेपालले आज वीरगन्जको वाईपास रोडमा रहेको निर्माण समाग्री र पुराना गाडीहरु हटाउने अभियान गरेका छन ।

समाज परिर्वतन नेपाल र जिल्ला ट्राफिक कार्यालय पर्साको नेतृत्वको टोलीले वीरगन्ज बाईपास रोडमा रहेका पुराना गाडीहरु हटाउनुको साथै ग्यारेजधनीहरुलाई सडकमा गाडी मर्मत गर्ने कार्य नगर्न अनरोध समेत गरेको छ ।

समाज परिर्वतन नेपालका अध्यक्ष अकलेश साह र जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरीक लालबाबु सहनीको नेतृत्वमा गएको टोलीले ग्यारेजधनीहरुलाई सडकमा गाडी मर्मत गर्ने कार्य नगर्न अनरोध समेत गरेका छन ।

सो अवसरमा वडाअध्यक्ष भरत कुर्मी, नृसिंग मा.बि पिपराका शिक्षक बाबुनन्द पटेल, शम्भु साह,नेकपाका युवा नेता महमुद अंसारी, शेख सलाम,दाउद अंसारी, नसरुदिन अंसारी ,संस्थाका कोषाध्यक्ष रोशन सर्राफ, सचिव राहुल साह, ् लगायतको सहभागिता रहेको थियो ।

Back to top