×

वीरगंज, भदौं २४ - विश्व आत्महत्या रोकथाम दिवस वीरगंजमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । विश्व आत्महत्या रोकथाम दिवस २०१९ वीरगंजमा र्‍याली निकालेर मनाईएको हो ।

मानसिक तथा नशा रोग विशेषज्ञ डा. भारत कुमार गोईतको सक्रियतामा वीरगंजका विभिन्न युवा र पेशागत व्यक्तिहरुको सक्रियतामा निकालिएको र्‍याली घण्टाघरबाट सुरु भएर नगर परिक्रमा गर्दै पुन: घण्टघरमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई नेपाल मेडिकल एसोसिएशनका अध्यक्ष डा. अरुण कुमार सिंह, सचिव डा.उदय नारायण सिंह, सामाजिक अभियान्ता प्रकाश थारु, संस्कृतिकी अध्यक्ष शैली चौधरीलगयातले कार्यक्रम सम्बोधन गरेका थिए ।

कार्यक्रम सबोधन गर्दै वक्ताहरुले आत्महत्या आजको युवाहरुमा एउटा ठुलो समस्या बनेको बताए । नेपालमा हरेक वर्ष आत्महत्या गर्नेहरुको दर बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै बक्ताहरुले यसलाई रोकथाम गर्न सबैको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे ।

Back to top