विभागले चाहे अनुसार सडक फराकिलो हुँदैन-मेयर, मेयरको मनस्थिति खराब भएजस्तो लाग्छ-प्रभु हजरा

3224

वीरगन्ज २४ भदौ । वीरगञ्जको गण्डकदेखि मितेरीपुलसम्म ६ लेनको सडक निर्माण हुने भएको छ । व्यापारीक मार्ग आयोजनाले निर्माण गर्ने अख्तियारी पाएपछि सडक केन्द्रदेखि दायाँबायाँ २५-२५ मिटर छठ पर्वसम्ममा हटाउन अन्तिम सुचना प्रकाशित गरेको छ ।

आयोजनाले यो खण्डको मार्गमा दायाँबायाँ २५ मिटर भित्र पर्ने २९ सरकारी कार्यालय, प्रहरी कार्यालय, विद्यालय, बैंक र संघ सस्ंथालाई अतिक्रमित भाग हटाउन पत्र पठाएको छ ।



छठसम्ममा अतिक्रमित हिस्सा स्वयमले नहटाए प्रशासनको सहयोगले हटाउने तयारी गर्दै चिनो लगाउने र लगत संकलन गर्ने कार्य सुरु गरिसकेको आयोजनाका इन्जिनियर अशोक कुमार रायले जानकारी दिनुभयो ।

सडक बिस्तार नहुँदा दैनिक आवातजावत गर्ने पैदल यात्रुदेखि सवारीचालकहरुले सास्ती भोग्दै आएका छन् । अव्यवस्थित सडकका कारण दैनिक जसो हुने सडक दुघर्टना तथा घण्टौँ सम्मको जामले स्थानीय तथा यात्रुहरु आजित भएका छन् ।

सडक निर्माणको लागि बाधा बनेको सडकको दायाँबायाँको अतिक्रमण हटाउन वीरगन्ज महानगरपालिकाले पनि सहयोग गर्ने महानगरका निमित्त कार्यकारिणी प्रमुख अरुण कुमार महतोले जानकारी दिनुभयो ।

सडक फराकिलो गर्नलाई धेरै घर तथा जग्गाहरु पर्ने भएकाले केहीले यस सडक निर्माणको विरोध पनि गरेका छन् । सडक फराकिलो गर्नु हुन्न भन्नेहरुको एक समूहले वीरगंज बचाउँ समिति नै निर्माण गरि यसको बिरोधमा जाने बताएका छन् । बाटोको बिकल्प धेरै रहेकोले ६ लेनको आवश्यकता नरहेको संघर्ष समितिको भनाई छ ।

यता सडक विस्तारमा पर्ने कति कार्यालयहरुले पत्राचार पश्चात विकल्पका खोजी पनि गरेका छन् । तिहारसम्ममा अधिकाँस कार्यालयहरुको स्थानान्तरण हुने बताइएको छ ।

विभागले चाहे अनुसार सडक फराकिलो हुँदैन –मेयर

उनले गण्डकदेखि घण्टाघरसम्म फोरलेन सडक विस्तार भइसकेको र घण्टाघरदेखि छपकैयासम्म मात्र समस्या रहेको हुँदा दायाँबायाँ १५-१५ मिटर सडक फराकिलो गर्दा शहरको पुरानो संरचना पनि जोगिने र सडक पनि फराकिलो हुने बताए । मेयर सरावगीले १५ मिटरभन्दा बढी कुनैपनि हालतमा सडक फराकिलो हुन नदिने प्रतिबद्धता जाहेर गरे ।

उनले स्थानीय तहको पनि आप्mनै किसिमको गरिमा हुने हुनाले सङ्घ र प्रदेश सरकारले सडक फराकिलो गर्ने विषयमा स्थानीय तहलाई बाइपास गरेर आआप्mनो नीति लाद्न नसक्ने तर्क गरे । मेयर सरावगीले सडक विभागको सूचनामा विश्वास गर्न नसकिने बताए । उनले विगत तीस वर्षदेखि आर्थिक मसान्तमा सूचना निकाल्ने र तर्साउने तथा सूचनाको नाममा केही व्यक्तिहरूले ठगीधन्दा चलाउनेबाहेक सडक विस्तारको कामले अहिलेसम्म गति लिन नसकेको भन्दै यसपटक पनि सोही प्रक्रिया अपनाइएको बताए ।

वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले कुनैपनि हालतमा सडक विभागले तोके अनुसार दायाँबायाँ २५-२५ मिटर सडक फराकिलो नहुने बताएका छन् । प्रतीकसँग बिहीवार कुराकानी गर्दै उनले आपूmले पहिले र अहिले भनेको कुरामा दृढ रहेको बताउँदै सरकारले नीतिगतरूपमा निर्णय गरेर सडक फराकिलो गरेको खण्डमा आपूmले सो निर्णय स्वीकार्ने बताए । उनले यसबीच नगरसभाका १६२ जना जनप्रतिनिधिले हस्ताक्षर गरेर सडक फराकिलो गर्ने विषयमा १५ मिटर मात्र आवश्यक भएको कुरालाई सरकारले नजरअन्दाज गर्न नहुने बताए ।

मेयरको मनस्थिति खराब भएजस्तो लाग्छ –प्रभु हजरा

मेयर सरावगीले सडक फराकिलो पार्ने कार्यको विरोध गर्नुको तारविक कारण नभएको उनले बताए । सडक फराकिलो नगर्दा वीरगंजको विकास ठप्प हुने कुरामा मेयर सरावगीले ध्यान नदिनु दुःखद भएको उनको भनाइ थियो । अहिले सडक साँघुरो भएर विभिन्न समस्या झेल्दै आउनुपरेको र भविष्यमा फराकिलो नहुँदा झनै ठूलो समस्या तेर्सिनसक्ने उनले बताए । उनले यसपटक जुनसुकै अवस्थामा पनि सडक विस्तार हुनुपर्ने र हुन्छ भनी ठोकुवा गरे ।

नेकपा पर्साका अध्यक्ष प्रभु हजराले मेयर सरावगीको मनस्थिति खराब भएजस्तो आपूmले अनुभूति गरेको बताएका छन् । उनले सडक सङ्घीय सरकार अन्तर्गत पर्ने भएको र सडक फराकिलो गर्ने विषयमा निर्णय भएर व्यापारिक मार्ग विस्तार योजना वीरगंज–पथलैया सडकलाई जिम्मेवारी दिने काम भइसकेको हुँदा अब यो निर्णय कुनैपनि हालतमा फिर्ता नहुने बताए ।