×

वीरगंज २२ भदौ । वीरगंज बैंकर्स ग्रुपको आयोजनामा शनिवार भएको रक्तदान कार्यक्रममा १४ जना महिलासहित १३४ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले बताए ।

वीरगंज बैंकर्स ग्रुपका अध्यक्ष रोशनभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा रोहिनी आचार्य, मञ्जुला नापित, सुशान्त श्रेष्ठ, उपेन्द्रप्रसाद साह, सन्तोष खड्का, एलिसा श्रेष्ठ, तारा महतो, विकास राई, रामाकान्त ठाकुर, सुजन न्यौपाने, मोहित गुप्ता, महम्मद इन्ताज आलम, अमृत श्रेष्ठ, आकाश रौनियार, मनोज साहलगायतले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा ब्लोदान पर्साका अध्यक्ष शत्रुघ्न नेपाल, पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बञ्जारा, ब्लोदानका सचिव अरविन्द सिंह, रेडक्रसका राजन श्रीवास्तवलगायतको सहभागिता थियो ।

Back to top