×

वीरगंज, भदौं २२ - गत शुक्रबार वीरगंजको गणेशमान चोकमा एसिड प्रहार भई घाईते भएकी वीरगंज छपकैयाकी मुस्कान खातुनलाई उपचार निमित्त नेपाल कम्युनिष्ट पार्टीका युवा नेता रहबर अन्सारीले आर्थिक सहयोग गरेका छन् ।

नेता अन्सारीले काठमाडौँस्थित क्रितिपुर अस्पतालमा मुस्कानको परिवारलाई भेटेर २५ हजार रुपैया नगद सहयोग गरेका हुन् । आईतबार अस्पताल पुगेका नेता रहबरले चिकित्सक संग भेटेर मुस्कानको स्वास्थ्य अवस्था बारेमा समेत जानकारी लिएका थिए ।

स्वास्थ्य अवस्था बुझेपछी मुस्कान संग केही समय बिताएका अन्सारीले दोषीलाई कडा भन्दा कडा कारवाही गर्नु पर्ने माग गरे । उनले दोषीले कुनै हालतमा उन्मुक्ति नपाउनु पर्ने बताउदै मुस्कानको न्यायका लागी आफु हदै सम्म लड्न तैयार रहेको बताए ।

वीरगंजको श्री त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत मुस्कान खातुनलाई बिहान करिब ६ बजे विद्यालय जाने क्रममा दुई युवकले एसिड छ्यापी घाईते बनाएका थिए । प्रहरीले घट्नामा संलग्न दुवै युवालाई पक्राउ गरी कारवाही थालेको छ ।

Back to top