×

काठमाडौँ, भदौं २० - शुक्रबार वीरगंजमा एसिड प्रहारबाट घाईते भएकी मुस्कान खातुनलाई प्रदेशसभा सदस्य रमेश पटेलले आर्थिक सहयोग गरेका छन् ।

पर्सा क्षेत्र नं. २ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य रमेश पटेलले काठमाडौँस्थित क्रितिपुर अस्पतालमा पुगेर मुस्कानका पिता रसुल अलिलाई भेटेर १० हजार नगद सहयोग गरेका हुन् ।

प्रदेशसभा सदस्यले आर्थिक सहयोग गर्नका साथै मुस्कान संग भेटेर स्वास्थ्य अवस्थाका बारेमा पनि बुझेका छन् ।

उनले एसिड प्रहार गर्ने दुवै दोषीलाई कानुनको दायरमा ल्याएर कडा भन्दा कडा कारवाही गर्न स्थानीय प्रशासन र प्रहरी संग माग समेत गरेका छन् ।

पटेलले मुस्कानलाई आगामी दिनमा समेत सहयोग अग्रने जनाए । उनले घट्नाको निन्दा गर्दै प्रशासन संग शान्ति शुरक्षा कायम गर्दै छोरी-चेलीहरुलाई स्वतन्त्रता पुर्वक बाच्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए ।

पटेलले मुस्कानलाई थप उपचारका लागी सम्पूर्ण सहयोग प्रदेश सरकार मार्फत उपलब्ध गराउन प्रदेशसभामा समेत आवाज उठाउने जानकारी गराए । शुक्रबार बिहान ६ बजे करिब वीरगंज - ५ स्थित गणेशमान चोकमा दुई युवकले मुस्कान माथि एसिड प्रहार गरेका थिए । प्रहरीले दुवै दोषीहरुलाई पक्राउ गरिसकेको जनाएको छ ।

Back to top