मेयर विजय सरावगीले द्वत चरित्र देखाए, अध्यक्ष विकास तिवारी

303

वीरगन्ज २० भदौं । नेविसंघ महानगर कार्यसमितिको अगुवाईमा वीरगन्ज महागरपालिकाका मेयर विजय कुमार सरावगीलाई ज्ञापन पत्र बुझाउँन गएका नेविसंघ सम्वध बिद्यार्थी नेताहरुको टोलीले महागनरपालिकाको मुल गेटमा तालाबन्दी गरिदिएका छन् ।

 



शान्तिपूर्ण रुपमा ज्ञापन पत्र बुझाउँन पुगेका विद्यार्थी नेताहरुलाई महानगरपालिकाका प्रहरी जवानहरुले मुल गेटमै रोकेर कार्यालय भित्र छिर्न नदिए पछि आक्रोशित भएका बिद्यार्थी नेताहरुले नाराबाजी गर्दै कार्यालयको पछाडी तथा अगाडी तर्फ रहेको मुलगेटमा तालाबन्दी गरी दिएका छन् ।

महानगरपालिकाका सुरक्षाकर्मीहरुले भित्रैबाट मुल गेटमा ताला हालेर बिद्यार्थीहरुलाई कार्यालय छिर्न निषेद् गरे पछि बाध्य भए नेविसंघले पनि ताला बान्दी गरेको ठाकुर राम बहुमुखि क्याम्पस एकाई समितिका अध्यक्ष मनोज साहले बताउँनु भयो । विद्यार्थीहरुको जायज मागलाई मेयरले सुन्न नचाहेको तथा कार्यालय समय भित्र गेटमो ताला हालेर आम सर्वधरण जनतालाई दुःख दिन खाजिएको भन्दै बिद्यार्थीहरुले मेयर सरावगी मुर्दाबादको नारा समेत लगाउँदै मुग गेटमा बाहिरबाट तालाबन्दी गरी धर्नामा वसेका छन् ।

 

विकास निर्माणको मुदालाई लिएर नेविसंघले ज्ञापन पत्र बुझाउँन खोज्दा ज्ञापन पत्र नबुझेर मेयर आफु राजनितिक चरित्रको व्यक्ति नभएको तथा कोठे मेयर रहेको कुरा सावित गर्न खाजेको नेविसंघका जिल्ला अध्यक्ष विकास तिवारीले वताउँनु भयो । नेताहरुले ज्ञापन पत्र बुझीर ठोस प्रतिब्धता महानगरपालिकाको तर्फबाट नआए सम्म धर्ना जारी रहने नेविसंघ नगरकार्य समितिले जनाएको छ ।

 

ज्ञापत्र पत्र बुझाउँनको लागि मेयरसँग एक दिन पहिला नै समय मागिएको बताउँदै आज ज्ञापन पत्र बुझाउँन आउँदा भेट नगरेर मेयरले द्वत चरित्र देखाएको नेविसंघका जिल्ला अध्यक्ष विकास तिवारीले बताएका छन् । मेयरको कार्यशैलीले ऊ एउटा पार्टीको मात्र मेयर रहेको स्पष्ट भएको भन्दै विद्यार्थी नेताहरुले मेयरको राजिनामाको माग गरेका छन् । मयेर सरावगी कार्यालयमा प्रवेश गरी सकेको भए पनि उपमेयर शान्ति कार्कीको गाडीलाई भने नेविसंघका विद्यार्थी नेताहरु गेटमै रोकेका थिए । महानगरपालिकाको क्षेत्रमा अहिले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।