कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलद्वारा शुभ श्री जगदम्बा सिमेन्ट, जगदम्बा कनक्रिटो र ओम सत्यसाई प्रा.लीलाई प्रसंसा पत्र प्रदान

325

वीरगंज २० भदौं । गत चैत्र १७ गते बारा र पर्सामा आएको (टोर्नाडो)  हुरीका कारण विस्थापित भएका पीडित परिवारका लागी घर निर्माण गर्न उल्लेखनिय भूमिका खेलेको वापत शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.ली, ओम सत्य साई प्रा.ली र जगदम्बा कनक्रिटोलाई कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सम्मान गरेको छन् ।

हावाहुरी प्रभावितहरुको घर निर्माणमा गुणस्तरीय छड, सिमेन्ट र कनक्रिटो उपलब्ध गराएकोमा शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.ली, ओम सत्य साई प्रा.ली र जगदम्बा कनक्रिटोलाई यहि भदौ १८ गते कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेले सम्मान गरेका हुन ।



बुधबार वीरगंजको होटेल भिस्वामा आयोजित हावाहुरीलाई घर हस्तान्तरण कार्यक्रममा गुणस्तरीय ओ.पि.सि अल्ट्रा सिमेन्ट उपलब्धशुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी गुणस्तरीय वेल्डिङ्ग रड र कनक्रिटो उपलब्ध गराएको ओम सत्य साई प्रा.ली र जगदम्बा कनक्रिटोलाई समेत नेपाली सेनाले प्रमाण पत्र प्रदान गरेको थियो ।

नेपाली सेनाले निर्माण गरेको ८ सय ६९ घर बारा र पर्साका (टोर्नाडो) प्रभावित परिवारले घर पाएका छन् । नेपाली सेनाले बनाइदिएको घर बुधबार सोहि कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।

यता हुरीले घरबारबिहिन भएकाहरुको पुनर्वासका लागी बनाएका घरहरु प्राकृतीक प्रकोप प्रतिरोधी रहेको दाबी सेनाले गरेको छ । शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.ली, ओम सत्य साई प्रा.ली र जगदम्बा कनक्रिटो जस्तो उत्कृष्ट निर्माण सामाग्री प्रयोगबाट प्राकृतीक प्रकोप प्रतिरोधी, वातावरणमैत्री र आकर्षक डिजाईनमा घर निर्माण गरिएको कार्यदलका ईन्जिनियर सेनानी महेन्द्र सिजापती थापाले बताए ।

निर्माण भएका घरहरु भुकम्प र हुरी बतास प्रतिरोधी, अबिरल वर्षाले असर नगर्ने, सजिलै आगो नलाग्ने र तराईको गर्मिबाट नतात्ने किसिमका रहेको भन्दै सेनानी थापाले घरहरुको खपत अवधी ५० बर्ष रहने बताए ।