×

वीरगन्ज १८ भदौ । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजेश मान सिहले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी बीरगन्ज महानगरपालिकाले सरसफाईको समस्यामा ध्यान नदिएको , ढल निकास र विकास निर्माण अनियमितता र भ्रष्टाचार गरेको , छाडा चौैपायाको नियन्त्रण लिने कार्य नगरेको आरोप मेयर माथि लगाउनु भएको छ ।

नगर प्रमुख विजय सरावगी निर्वाचीत भएपछि सहि ढंगबाट केहि काम नभएको तथा भएका काममा पनि चरम लापरवाहि भएको, निर्माण सामाग्रिहरु गुणस्तरहीन प्रयोग गरेको, मापदण्ड पुरा नगरेको राजपाले पत्रकार सम्मेलनमा आरोप लगाएको छ ।

जहाँ समस्या त्यहाँ पत्रकार सम्मेलन नाराका साथ राजपाका महासचिव राजेशमान सिंहले अभियान सुरु गरी खबरदारी निरन्तर गर्ने बताएका छन । राष्ट्रिय जनता पार्टीले बीरगन्ज महानगरपालिका भित्र भइरहेको अनियमिताको वारे पत्रकार सम्मेलनमा हामी जनताको चाहन अनुसार काम गर्छौ महासचिव राजेशमान सिहले बताएका छन् ।

Back to top