मुख्यमन्त्री राउतको कति वटा अकाउन्ट ? कहाँ गयो ‘हेल्लो सीएम’ ?

483

वीरगन्ज १८ भदौ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत (Mohammad Lalbabu Raut) प्राध्यापन क्षेत्रबाट आएकाले उनलाई न्यू मिडिया अथवा सामाजिक सञ्जालको उपयोगिता बारे राम्रै जानकारी छ ।

त्यही भएर उनले गत कार्तिक मै ‘हेल्लो सीएम’ मोबाइल एप्लिकेशन सार्वजनिक गरेका थिए । महिला हिंसा तथा अपराध न्यूनीकरणका लागि उक्त मोबाइल एप सार्वजनिक गरेर सीएम राउतले राम्रै चर्चा कमाएका थिए।



एप सार्वजनिक गर्ने क्रममा मुख्यमन्त्री राउतले हिंसामा परेका महिलाहरूले मोबाइललाई तीन पटक हल्लाएमा नजिकैको प्रहरीमा इमरजेन्सी कल जाने बताएका थिए ।

सार्वजनिक भएको एक वर्ष नबित्दै गुगल प्लेस्टोरबाट एप गायब छ। प्लेस्टोरमा ‘हेल्लो सीएम (Hello CM)’ सर्च गर्नु भयो भने गण्डकी प्रदेशको एप मात्र पाउनु हुन्छ।

एप सार्वजनिक गर्ने क्रममा मुख्यमन्त्री राउतले हिंसामा परेका महिलाहरूले मोबाइललाई तीन पटक हल्लाएमा नजिकैको प्रहरीमा इमरजेन्सी कल जाने बताएका थिए ।

तर, अब प्लेस्टोरमा एप नै नभएपछि मोबाइललाई जति हल्लाए पनि कँहीकतै फोन जाने छैन। प्रदेश २ सरकारले उक्त एप बनाएको भए डेभलपरलाई पैसा दिएनन् कि ? अथवा नेपाल प्रहरीले बनाएको भए डेभलपरले प्रहरीलाई चुना लगायो की ? जे होस्, मुख्यमन्त्रीले सार्वजनिक गरेको एप नै हराउनु दुखद हो ।

अब कुरा गरौँ, सामाजिक सञ्जालमा मुख्यमन्त्री राउतको उपस्थिति बारे।

सामान्य व्यक्तिको फेसबुकमा एउटा अथवा बढीमा दुईवटा अकाउन्ट हुन्छ। तर, प्रदेश २ का मुख्यमन्त्रीको कति वटा अकाउन्ट छ त ? कुनै व्यक्ति चर्चित भएपछि उनको नाउँमा फेक अकाउन्टहरू बन्नु स्वाभाविक नै हुन्छ। तर, त्यसको नियन्त्रण गरिएन भने व्यक्तिको छविमा ठुलै धक्का लाग्न सक्छ ।

सोसल मिडिया अथवा मिडिया लिट्रेसी कम भएको समाजमा कुन अकाउन्ट सही अथवा कुन अकाउन्ट गलत भन्ने कुरा छुट्टयाउनेको सङ्ख्या कम छ। त्यस कारण नेपाल प्रहरीको साइबर सेलले उजुरी परेका आधारमा त्यस्ता फेक अकाउन्टहरू बन्द गराउने गरेका छन् ।

कोही पीडित भएको अथवा आफ्नो फोटो दुरुपयोग गरेको उजुरी दिएमा प्रहरीले इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट अनुसार कारबाही पनि गर्ने गरेको छ ।

फेसबुकमा मुख्यमन्त्री लालबाबु राउतको नाम र फोटोबाट तीन वटा पेज र तीन वटा अकाउन्ट देखिन्छ। अर्थात् फेसबुकमा मुख्यमन्त्री राउतलाई ६ स्थानमा भेट्न सक्नु हुन्छ। जहाँ ‘कुमकुमादी फेसियल किट’को विज्ञापनदेखि नेपाली काँग्रेसको प्रचार प्रसारसमेत भेट्नु हुनेछ ।

ती अकाउन्टहरू यस प्रकार छन्

https://www.facebook.com/profile.php?id=100006317107846&ref=br_rs

https://www.facebook.com/lalbabu.raut.3597

https://www.facebook.com/mohammadlalbabu.raut

https://www.facebook.com/lalbaburautOfficial/

https://www.facebook.com/Lalbabu-Raut-Gaddi-224508191450292/

6 https://www.facebook.com/cmprovince2/

अब कुरा गरौँ ट्वीटरको

ट्वीटरमा प्रदेश २ का बासिन्दाको उपस्थिति न्यून छ। तर, प्रदेश २ का मुख्यमन्त्रीको अकाउन्ट दुईवटा छ। एउटा अकाउण्टले हालै राखेको ट्वीट यस्तो छ –

अकाउन्टहरू

https://twitter.com/country_middle?s=17 
https://twitter.com/CMProvince2

फोटो सेयरिङ्गका लागि चर्चित अर्को सोसल मिडिया इनस्टाग्रामको कुरा गरौँ। प्रदेश २ का सीएम राउतको इनस्टाग्राममा पनि दुईवटा अकाउन्ट छ।

https://www.instagram.com/c.m.lal_babu_raut_/
https://www.instagram.com/lalbabu.raut.35/

समाजिक सञ्जालको बढ्दो दुरुपयोगबाट जोगिन मुख्यमन्त्री राउत मात्रै होइन, सर्वसाधारणहरुलाई पनि आवश्यक छ। hulakinews.comबाट