×

वीरगंज, १४ भदौ । वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजयकुमार सरावगी तेजस्वी भएतापनि सल्लाहकारहरु आ–आफ्नो स्वार्थपूर्तीमा लागेर उनको तेजोबद्ध गर्न लागि परेका छन् । विभिन्न कारणले उनीहरु कै स्वार्थपूर्तीको “मोहरा” बनेर मेयर सरावगी बदनामी कमाउंदै गएको तथ्य उजागर भएको छ ।

नयाँ बसपार्क ठेक्का सम्बन्धी नियमत सब भन्दा बढी रकम कबोल गर्ने फर्मलाई ठेक्का दिनुपर्ने भएतापनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को पुत्री भरतपुरकी मेयर रेणु दाहालसंग गोरु बेचेको साइनो जोडेकाहरुलाई ठेक्का दिने विवादमा मेयर सरावगी जोडिन पुगेका छन् ।

नयाँ बसपार्कको टेण्डर आव्हान पछि सबै भन्दा बढी एस.वि.एस. एशोसिएट प्रा.लि.ले दश करोड चार लाख भरेको छ । त्यसपछि ओमलाई निर्माण सेवाले ८ करोड ७५ लाख भरेको र भरतपुर चितवनका एन.के. इन्टरप्राइजेजले ८ करोडको टेण्डर हालेको छ ।

बोल–कबोलमा बढी रकम भरेकोहरुको कागजातमा केही कमी भएकोले नियमत सो टेण्डर ओम साई निर्माण सेवालाई दिनुपर्ने भएतापनि त्यसलाई पाखा लगाएर सबैभन्दा कम रकम भर्ने भरतपुरको पार्टीलाई दिने तयारीमा वीरगंज महानगरपालिका भित्र एउटा गुट सल्बलाई रहेको बताइन्छ ।

मधेशी जनताको त्याग बलिदान र शहादतको जगमा उभिएको मेयर बिजय सरावगीबाट मधेशीहरु भन्दा गैर मधेशीहरुले बढी लाभ लिएको कारणले गर्दा उनको पार्टी भित्र असन्तुष्टि व्याप्त छ ।

Back to top