×

वीरगंज १२ भदौ । २०६३ को मधेश आन्दोल पछि झुठो विबरण पेश गरि नेपाली नागरीकता हात पारेको एक अर्को पात्रको खुलासा भएको छ ।

भारतको बिहार राज्य मुज्जफरपुर निवासी महेश अग्रवालको छोरा निकुञ्ज अग्रवालले झुठो विवरण पेश गरी वीरगन्ज आर्दशनगरको ठेगाना देखाई जन्मको आधारमा नागरीकता हासिल गरेका छन ।

अहिले काठमाण्डौमा बसेर सोहि नागरीकताको आधारमा विभिन्न ब्यापारीक प्रतिष्ठान खडागरी कर छल्ने काम निकुञ्जले गरिरहेका छन । सिगो वीरगन्ज आर्दशनगर नै रैथाने मारवाडी भन्दा विहारी र राजस्थानी मारवाडीले भर्दै गईरहेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालिन कर्मचारीहरु र त्यस वेला का सातदलका प्रतिनिधिहरुले पैसा खाएर राता रात गैरनागरीकलाई नवनागरीकमा परिणत गरेको फलरुवरुप स्थानिय यहाँका वासिन्दा र रैथाने मारवाडीहरु भोलीको दिनमा अल्पमतमा पर्ने निश्चित छ ।

निकुञ्जका काका रमेश कुमार अग्रवालले पनि वीरगन्ज महानगरपालिका वडा नम्बर १० वाट झुठो विवरण पेश गरि नागरीकता लिएको बुझिएको छ ।

Back to top