वीरगन्जवासी निराश, प्रदेश नं. २ को राजधानी बनाउने विषयमा ‘र’ समेत उच्चारण गरेनन् पर्साका मधेसी नेता

868

वीरगन्ज ११ भदौ । पर्साका जनताले धेरै आशाको साथ पर्साबाट निर्वाचितहरु मधेसी दल नेताको मुखबाट सुन्ने वीरगन्जलाई प्रदेश नं. २ को राजधानीको विषयमा हिजो भएको वीरगन्ज बस टर्मिनलको उद्घाटन कार्यक्रममा राजधानीको ‘र’ समेत उच्चारण गरेनन् ।

पर्साबाट निर्वाचित सांसद विमल श्रीवास्तव, प्रदिप यादव, हरीनरायण रौनियार, मुख्य मन्त्रि लालबाबु राउत, मेयर विजय सरावगी, प्रह्लाद गिरी गोश्वामी, करिमा बेगम, जनत अन्सारी,  भीमा यादव र रागिनीदेवी वनरावल अधिकांश नेताहरूले राजधानीको विषयमा विगतमा बोलेझै हिजो भएको वीरगन्ज बस टर्मिनलको उद्घाटन कार्यक्रममा पनि बोल्ने आस वीरगन्जका जनताले गरेपनि नेताहरूले केही नबोलेपछि वीरगन्जवासी निराश देखिएका थिए ।



आन्दोलनको बेला वीरगन्ज आएका मधेसी नेताहरूले वीरगन्जलाई राजधानी बनाउन दैनिक भाषण गरेपनि हिजो कुनै नेताले राजधानीको विषयमा बोल्न सकेनन् ।

वीरगन्जलाई प्रदेश नं. २ को राजधानीको लागि समाजवादी पार्टीका पर्साबाट निर्वाचितहरु सांसदहरु गत मंगलबार दर्ता भएका नाम र राजधानी सम्बन्धमा प्रदेश नं. २ को राजधानी वीरगन्ज हुनुपर्न प्रस्ताव दर्ता गराएका थिए ।

प्रह्लाद गिरी गोश्वामी, करिमा बेगम, जनत अन्सारी, भीमा यादव र रागिनीदेवी वनरावलले मिलेर अर्को छुट्टै प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव अनुसार विरगंज राजधानी हुनुपर्ने र यसको चौहदी विन्दावासीनी, पोखरीया, सखुअवा, पर्सागढी, जितपुर, निजगढहुँदै सिम्रौनगढसम्म तोकिनुपर्ने उनिहरुको माग थियो ।

तर हिजो आफनो पार्टी अध्यक्ष उपेन्द्र यादवको अगाडी नग्मस्तक भएर बसे पर्साबाट निर्वाचितहरु मधेसी दल नेता मुखबाट वीरगन्जलाई प्रदेश नं. २ को राजधानी बनाउने विषयमा ‘र’ समेत उच्चारण गरेनन् ।