सत्यनाश गर्ने मच्छर यही हो, आउ वीरगन्जलाई यो मच्छरबाट बचाउ नारा सहित मेयरको विरुध जुलुस

874

राहुल गुप्ता, वीरगन्ज ११ भदौ । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वीरगन्ज महानर भित्र गरेको भष्ट्रचार तथा अनैतिक कार्यको विरोमामा आज वीरगन्जमा विरोध जुलुस निकालिएको छ । राजपाका महासचिव राजेशमानको अगुआईमा वीरगन्जमा विरोध जुलुस निकालिएको हो । चुनाव ताका वीरगन्ज महानगरकाका मतदाताहरुलाई अनेक किसिमको झुटो प्रलोभन दिएर वीरगन्ज महानगरपालिका मेयर हुन सफल भएका विजय कुमार सरावगीको विरोधमा विभिन्न किसिमको व्याङ्गयात्मक अंकित पेल्यकाड सहितको विरोध जुलुस निकाली वीरगन्ज नगर परिक्रममा गर्दै नाराबाजी समेत गरिएको छ ।

 



वीरगन्जको लालबंगलाबाट निकलेको विरोध जुलुसमा सहभागी नेता तथा कार्यकर्ताहरुले वीरगन्ज महानगरपालिका मेयर विजय कुमार सरावगीको विरुद्धमा बनाएको व्याङ्गयात्मक चित्रहरु समेत बकेका थिए । विरोध जुलुसमा सहभागी नेताहरुले मेयर पूर्णमा असफल सकेको भन्दै यथाशिघ्र राजिनामा दिनु पर्ने वताएका थिए ।

राजापाका महासचिव राजेशमान सिहले जनताले जनप्रतिनिधि पाएको २३ महिनामा पनि जनताले विकासको अनुभुति गर्न नपाएको, वाटोको अवस्था सुधार गर्ने परैजावओस लामखुट्टेलाई समेत महानगरपालिकाले धपाउँन नसकेको वताउँनु भयो । महाानगरपालिका भ्रष्टाचारमा चुर्लुम डुवी सकेको चर्चा गर्दै नेता सिहले जनता अब सडकमा उत्रि सकेको भन्दै अब भ्रष्टाचारको नायिके मेयरलाई नङ्गयाउँने बताउँनु भयो ।

मेयर सरावगीले गरेको अनैतिक कार्य जस्तो धर्मको नाममा पनि ब्यपार, नगर प्रमुख ज्यु गायत्री महायज्ञको हिसाब आज सम्म किन सार्वजनिक नगर्नु भएको, वीरगन्जलाई सत्यनाश गर्ने मच्छर यही हो, आउ वीरगन्जलाई यो मच्छरबाट बचाउ जस्ता अनेको मिसिमको व्याङ्गयात्मक अंकित पेल्यकाड बायनर सहितको विरोध जुलुस निकालिएको छ ।

राजापाका महासचिव राजेशमान सिहले अब भ्रष्टाचारको नायिके मेयरलाई नङ्गयाउँने बताए

बिरगन्ज महानगरपालिकालाई सहयोग गर्न रा ज पा नेपाल पर्सा तैयार छ । 👉️महासचिव राजेशमान सिह

YOUTV NEPAL ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಬುಧವಾರ, ಆಗಸ್ಟ್ 28, 2019