×

वीरगंज १० भदौ । नारायणी यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्रको ट्रायलमा नक्कली परिक्षार्थी पक्राउ परेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको प्रहरी टोलीले चिरन्जिवी प्रसाद यादवको नाममा जनक प्रसाद साहले ट्रयाल दिने क्रममा सो प्रहरी टोलीले साहलाई पक्राउ गरेको हो ।

बाराको प्रसौनी गाउपालिका वडा नम्बर ५ बेलहिया बस्ने जनक प्रसाद साहले नक्कली परिक्षार्थी बनी सवारी चालक अनुमती पत्रको ट्रायल दिने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरिएको साहलाइ आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

Back to top