×

वीरगञ्ज १० भदौ । वीरगञ्जमा निर्माण भएको सुविधा सम्पन्न बस पार्क अब सञ्चालनमा आएको छ । वीरगञ्ज महानगरले निर्माण गरेको बसपार्क सञ्चालनमा आएपछि वीरगञ्जको ट्राफिक व्यवस्थापन सहज हुने भएको छ ।

पप्पु कन्स्टक्सने ठेक्कामा लिएर बनाएको बस पार्कका मंगलबार उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका छन् ।

पप्पुले केही समयअघि नै निर्माण गरिसके पनि औपचारिक उद्घाटन नहुँदा बसपार्क उपयोगमा आउन सकेको थिएन । बसपार्क सञ्चालनमा आएपछि अब वीरगञ्जको टाफिक आवगामनमा सुविधा भएको स्थानीयले बताएका छन् ।

Back to top