मेयर विजय सरावगीको सेखि अध्यक्ष उपेन्द्र यादवले झारे

3160

वीरगन्ज १० भदौ । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव वीरगन्ज महानगरका मेयर विजय कुमार सरावगीमाथि खनिएका छन् ।

चुनाव ताका वीरगन्ज महानगरकाका मतदाताहरुलाई अनेक किसिमको झुटो प्रलोभन दिएर वीरगन्ज महानगरपालिका मेयर हुन सफल भएका विजय कुमार सरावगीलाई आज वीरगन्जमा नवनिर्मित बसपार्क टर्मिनल भवनको उद्घाटन समारोह कार्यक्रममा उनकै पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले हप्काएका छन ।



वीरगन्जमा नवनिर्मित बसपार्क टर्मिनल भवनको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री यादवलले मेयर सरावगीलाइ हप्काउदै उनको आलोचना गरेका हुन् ।

‘मैले पनि वीरगन्जका जनतासँग भेटेर कुरा गरेको छु, उनीहरुले जे अपेक्षा गरेका थिए त्यो अनुसार वीरगन्ज महानगरकाको विकासको काम भएको छैन’, उपप्रधानमन्त्री यादवले भने,‘जनताको अपेक्षा अनुसार काम भएन भने भोलि जनताले प्रश्न उठाउने छन् र त्यसको जवाफ मेयर साहब तपाईले दिनु नै पर्छ भन्दै मेयर विजय सरावगीको सेखि अध्यक्ष उपेन्द्र यादवले झारेका थिए ।