×

रौतहट ८ भदौ । रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाको आफ्नो पदबाट निलम्बन हुने भएका छन् ।

निर्वाचन यता गठित स्थानीय सरकारको हरेक काम कारवाही अगाडि बढाउने क्रममा अध्यक्ष मुखियाले भ्रष्टाचार र आर्थिक चलखेल गरेको उजुरीको चाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रिएपछी अख्तियारले कारवाही अगाडी बढाउने तयारी गरेको छ । अख्तियार स्रोतका अनुसार उनीविरुद्ध धेरै प्रमाण उपलब्ध भैसकेकोले चाँडै विषेश अदालतमा मुद्दा दर्ता गराउने तयारी रहेको छ ।

उपाध्यक्ष गीता देवी साहले गाउँपालिका अध्यक्ष मुखियाले व्यापक भ्रष्टाचार गरेको उजुरी गरेपछि अख्तियारले सक्रियता देखाएको हो । अख्तियारले मुद्दा दर्ता गराएपछि अध्यक्ष मुखिया आफ्नो पदबाट निलम्बित हुने लगभग पक्का छ ।

अख्तियारमा मात्र नभई मुखियाविरुद्ध पार्टीमा पनि पार्टीविरुद्ध क्रियाकलाप गरेको उजुरीको चाङ छ । तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट चुनाव जितेका उनले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अन्य पक्षसँग पैसा लिएर वाम गठबन्धनलाई असहयोग गरेको लिखित उजुरी नै पार्टीमा छ । यही कारण पार्टीले अहिलेसम्म उनलाई कुनै जिम्मेवारी दिएको छैन ।

Back to top