×

बारा ६ भदौ । कहि नभएको जात्रा कोल्हवी नगरपालिकामा हुदैछ अहिले । कोल्हवी नगरपालिकाका केहि नेपाली काँग्रेस निकटका वडा अध्यक्ष बासु चौधरी र बिरेन्द्र चौधरीले बहुमतको आडमा आफ्नो पार्टीलाई कमाई धन्दाको रुपमा प्रयोग गर्न थालेका छन् । कोल्हवी नगरपालिकामा नेपाली काँग्रेस पार्टीको कार्यपालिकामा बहुमत भएकाले कार्यपालिकामा आफ्नो पार्टीका वडा अध्यक्षहरुलाई उचालि आफ्नो स्वार्थ पूरा गर्दै हिडेका छन् ।

कार्यपालिकाको बैठकमा बिना कुनै कारण कोल्हवी नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी तथा वडा नम्बर ५ का वडा अध्यक्ष बासु चौधरीले आफ्नो स्वार्थ पूरा गर्नका लागि विभिन्न वाहाना बनाई आफ्ना पार्टीका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई उचाल्ने गरेको हो ।

वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीले गैर नेपाली नागरीकलाई वंशज नागरीकता वितरण गरेको छन् । नेपाल सरकारले बनाएको कानुनको धज्जी उदाउदै वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीले जन्मको आधारमा प्राप्त गरेको नागरिकका सन्तानलाई आर्थिक प्रलोभनमा परि वंशज नागरिकता दिन सिफारिस गरेका छन् ।

नगरपालिकाका जनताहरुले थाहा पाए पछि विरोध तथा छानबिन गर्दा वडा अध्यक्ष चौधरीको संलग्नता देखिएपछि कार्यपालिकाको बैठक नै अवरोध गर्ने गरेको हो ।

त्यती मात्र नभई वडा नम्बर १ मा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा समेत सिफारिस गरेको एक स्थानीयले जानाकारी दिए । त्यसैगरी कोल्हवी नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष बासु चौधरीले पार्टीका कार्यकार्तालाई पेवाको रुपमा प्रयोग गर्न थालेका छन् । उनले त एक लाख ५० हजारको एउटै बोका खरिद गरी बजेट कुमल्याएका छन् । तर दुर्भागय गत वर्ष किनेको बोका एक वर्ष नपुग्दै बोका मरेको छ ।

त्यसैगरी कोल्हवी नगरपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष चौधरीले शिसुशुहार कार्यक्रम अन्तर्गतको बजेट बालबालिकाहरुलाई जंगलमा लगि चाउचाउ खुवाएर मात्र पाँच लाख रुपैयाको भुक्तानी माग गरेको थियो । यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले भुक्तानीमा रोक लगाएपछि वडा अध्यक्ष चौधरीले कार्यपालिकाको बैठक तथा नगर सभा नै बिथोल्ने प्रयास गरेपछि अन्तमा नेपाली काँग्रेस निकट वडा अध्यक्षहरुले रकम भुक्तानी गरेको शर्तमा नगर सभा सम्पन्न गर्न लिखित सहमति गरेका थिए ।

बिना कारण कार्यपालिकामा आफ्ना पार्टीका व्यक्तिहरुलाई उचालि आफ्नो स्वार्थ पुरा गर्नका लागि आफ्नो वडामा अन्य वडाहरु भन्दा बढी बजेट ल्याउने गरेका छन् ।

Back to top