×

वीरगन्ज ५ भदौ । विरगन्ज पब्लिक कलेजद्वारा कक्षा ११ मा नयाँ प्रवेश गरेका ७५० जना छात्रछात्राहरु लाई ३ तहमा “Welcome and Training program on Sell Yourself“ कार्यक्रम गराईएको छ ।

वीरगन्जको होटल भिष्वामा भदौ ४ गते देखी सबैको कार्यक्रम ६ गते शुक्रवार सम्पन्न हुने वीरगन्ज पब्लिक कलेजका निर्देशक डा.दिपक शाक्यले जानकारी दिनु भएको छ ।

कार्यक्रममा प्राय जसो कलेजका अध्यन गर्दा अनुशासित भई अध्यन गर्ने अभिभावकहरु सँग झुठो नबोली कलेजमा निरन्तर रुपमा अध्यन गर्ने केहि समस्याहरु अध्यनको क्रममा आई पर्दा सर्व प्रथम कलेजका अभिभावकलाई जानकारी गराउने त्यस पछि आफनो अभिभावकहरुलाई समस्या पोखने जस्ता प्रशीक्षणको क्रममा निर्देशक डा.दिपक शाक्यले बताउनु भएको थियो ।

३ दिने स्वागत र प्रशीक्षण कार्यक्रममा २ सय ५० जना छात्रछात्राहरुको प्रत्येक दिन सहभागीता रहेको थियो ।

प्रशीक्षण कार्यक्रमको शुभारम्भमा अतिथीहरुलाई स्वागत, सांस्कृतीक कार्यक्रम तथा अतिथीहरुको मन्तव्य समेत रहेको थियो ।

कार्यक्रममा कलेजका निर्देशक डा.दिपक शाक्य, प्रधानध्यापक युगल सर, हरिरत्न तुलाधर र वासुदेवलाल कर्ण रहनु भएको थियो ।

त्यसै गरी प्रमुख अतिथीमा वीरगंज उद्योग वाणिज्य संंघका सुबोध गुप्ता, नेपाल फोटो पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष राम सर्राफ, गौतम मा.वी का सोनम लामा , ग्रीन सिटीका जयप्रकाश खेतान, जिवन ज्योती मा.वी का शिव गुप्ता लगायत को उपस्थिती रहेको थियो ।

Back to top