×

वीरगन्ज १ भदौ । वीरगन्जको गण्डक हस्पिटलमा एक जना विरामीको मृत्युको बिषयलाई लिएर बिवाद सृजना भएको छ ।

भारत मोतिहारी पुर्वीचम्पार डुवहा निवासी २७ बर्षिय पुनिता पटेलको उपचारको क्रममा मृत्यु भए पछि अस्पताल प्रशासन तथा डाक्टरको लापरवाहीका कारण पटेलको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल हाता भित्र होल्ला गर्नुका साथै उपचारका समलग्न डाक्टरहरुलाई कारवाहीको माग गरेका छन् ।

पर्साको वीरगन्ज महाानगरपालिका उद्यपुर घुर्मी घर माईता रहेको पटेलको उपचारमा अस्पताल प्रशासन तथा डक्टरहरुले चरण लापरवाही गरेको आरोप आफन्तहरुको रहेको छ । गर्भवती रहेको पुनिताको ७ दिन अघि वीरगन्ज गण्डक चौकमा रहेको गण्डक हस्पिटलमा प्रसुती व्याथा लागे पछि उचारको लागि भर्ना गराइएको मृतक कि भिनाजु उमेश पटेलले वताए ।

४ दिन अघि राम्रै तरिकाले जन्मिएको बच्चाको पनि जन्मेको केहि वेरमै मृत्यु भएको पटेलको भनाई रहेको छ । ४ दिन पछि आमाको मृत्यु भएको पटेलले वताए । विरामी मुर्छित भएर लडेको आधा घण्टा पछि मात्रै सम्म डक्टर आएको भन्दै अस्पताल प्रशासन तथा डक्टर दुवैको त्रुटिका कारण पुनिताको मृत्यु भएको उनको भनाई रहेको थियो ।

वच्चा निकाल्ने क्रममा अत्याधिक रक्तश्राव भएको तथा डक्टरको भनाई अनुसार नै रगत चढाइएको भन्दै आफन्तहरुले लगभग ठिक जस्तै भइसकेको छोरीको अवस्था, एकाएक बेडमै लडेर मर्छित भए पछि समयमै अस्पतालका कर्मचारीहरुले अक्सिजन दिन नसकेको तथा विज्ञ डक्टर पनि अस्पालमा नभएको कारण पुनिताको मृत्यु भएको आफन्तहरुको भनाई रहेको छ ।

पुनिता पटेलको उपचारमा प्रसुती रोग विशेषज्ञ डा. राजेश साह तथा फिजिसियन डा. महेश्वर कुर्मी समलग्न रहेको अस्पतालका इमर्जेन्सी स्टाप अलिमियाले बताउनु भयो ।

डा. महेश्वर कुर्मीका अनुसार विरामीको अवस्था शुरु देखि देखि नै निकै दनिय रहेको थियो । बच्चा जमिने वेलामा पनि शरिरमा रगतको अभाव तथा प्लेटलेटको लेबल निकै तल रहेको उनले वताए ।

स्थानियहरुका अनुसार हस्पिटलमा विज्ञ डाक्टर नभएको तथा दलालहरु मार्फत भर्ना गराईका विरामीहरुलाई जोरजाम गरी अन्य हस्पिटल तथा किलिनिकबाट डक्टरहरुलाई वोलाएर उचार गराउँने गरिएको छ । कतिपय वेला त अति इमर्जेन्सी केशमा पनि डक्टर समयमा नआई दिदा विरामीहरुको ज्यान जाने गरेको छ ।

पुनितालाई पनि हस्पिटलकै एक जना कर्मचारी वलिस्टर भन्नेले केहि हुदैन सब ठिक भई हाल्छ भन्दै अस्पतालमा भर्ना गराएका थिए । उनी मुर्छित भएको वेला इमर्जेन्सीमा एक जना मात्र एबिबिएस डक्टर डिउटीमा थिए ।

Back to top