×

वीरगन्ज १ भदौ । जनप्रतिनिधि र कर्मचारीहरु बिच तालमेल नमिल्दा वीरगंज महानगरपालिकाको बिकाश हुननसकेको उपमेयर शान्ति कार्कीले बताउनुभएको छ ।

सुश्री कार्कीले सबै प्रकारको साझा समस्या सामुहिक रुपमा समाधान गर्नको लागि बारम्बार प्रयास भएको भएपनि त्यसलाई समाधान गर्न कोही पनी जिम्मेवार नबनेको आरोप लगाउदै नगर प्रमुख बिजय सरावगीसँग बोर्ड सदस्यहरु पनि बिक्री भएका हुन कि भन्ने भान हुन थालेको दुखेसो समेत उहाँले राख्नुभयो । वीरगन्जको एक स्थानिय एफ.एमको कार्यक्रम कुरा गर्दै उहाँले सो कुरा बताउनुभयो ।

उहाँले फरक पार्टी र बिचारबाट आएको जनप्रतिनिधिहरुको बिचार नमिलेको कारणले पनि महानगरको बिकाश हुन नसको बताउनुभयो । उहांले आफुलाई बारम्बार अपमानपूर्ण ब्यबहार गर्दै आएको हुनाले अव सहेर नबस्ने युद्धको शुरु भएको समेत बताउनुभयो ।

नेपाली कांग्रेसका नेतृ समेत रहनुभएकी उप प्रमुख कार्कीले आफ्नै पार्टीका अध्यक्षहरुले समेत नगरको बेथितिको बिरोध गर्दैनन भने अरु दलकालाई भन्ने ठाउँ नरहेको समेत बताउनुहुन्छ ।

उहाँ अवभने बिस्तारै सबै पक्षले कुरा बुझेकोले आफ्नै पक्षमा एक हुने ठेकुवा समेत गर्नुभयो । उहाँले एकपटक आफ्नो अधिकारको लागि अन्तिम पटक नगर प्रमुख बिजय सरावगीसँग उप प्रमुखको अधिकारको् प्रयोगका बारेमा कुरा गर्ने र त्यसपछि वारपारको युद्ध छेडिने चेतावनी समेत दिनुभयो ।

Back to top