समाजवादी पार्टी पर्साको एकता प्रक्रिया सुरु

201


वीरगंज, श्रावन २९ – संघीय समाजवादी फोरम नेपाल पर्सा र नयाँ शक्ति पार्टी पर्सा विच एकीकरणका निमत्त समायोजन कार्यदल गठन भएको छ । बुधबार वीरगंजमा दुवै पार्टीको एक बैठकले समायोजन कार्यदल गटन गरेको हो ।

समाजवादी पार्टीका मधेश प्रदेश उपाध्यक्ष सुशील कुमार यादवको अध्यक्षतामा जिल्ला समन्यव समितिको सभा हलमा बसेको बैठकले पार्टी समायोजनका निमित्त पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष राम नरेश यादवको संयोजकत्वमा ९ सदसिय कार्यदल गठन गरेको हो । कार्यदलले १० दिन भित्र जिल्ला र स्थानीय तहको समायोजन प्रारुप तैयार गरी तराई मधेश प्रदेश समिति प्रदेश २ लाई बुझाउने कार्यदलका संयोजक राम नरेश यादवले बताए । कार्यदलमा सुन्दर प्रसाद कुर्मी, तबरेज अहमद, सन्तोष तिवारी, सुनिता शर्मा, संजित सिंह, मुरली मनोहर मित्रुका, प्रभु लाल श्रीवास्तव, मुन्ना कुमार सर्राफ सदस्य रहेका छन् ।



बैठकमा प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, प्रदेशसभा सदस्य सिङ्घासन साह कलवार, भीमा यादव केन्द्रिय सदस्य विरेन्द्र यादव, सिपू तिवारी, जनार्धन यादव, फिरोज मन्सुर, इस्लाम हवारी, पुरुषोत्तम झा, केन्द्रिय परिषद सदस्य शिवजी सोनी, प्रदेश सचिव दिनेश कुमार यादव, कोषाध्यक्ष रेणु यादव, प्रदेश सदस्य महाराज यादव, मदन प्रसाद चौहानलगयातको उपस्थिति रहेको थियो । गत वैशाक २४ गते उपेन्द्र यादव नेतृत्वको हाल संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी विच एकीकरण भएको थियो ।