×

वीरगन्ज २८ साउन । लोकसेवाले प्रकाशित गरेको बिभेदकारी बिज्ञापनको सर्वत्र बिरोध भएपनि सरकार बेखबर रहेकोमा सासद प्रतिप यादवले सघीय संसदको ध्यानाकार्षण गराउनु भएको छ ।

मंगलबार संसदमा बोल्दै सासद यादवले राणाकाल देखि पंञ्चायती व्यवस्थासम्म गुलामीको जिवन बिताउन बाध्य बनाइएका मधेसी ,दलित,आदिवासी र जनजातिलाई गणतान्त्रिक सविधानको बर्तमान शक्तिसाली सरकारले पनि गुलाम बनाउन खाजेको आरोप लगायनु भएको छ ।

उहाले महिनौ देखि सडक र सदनमा लोकसेवा आयोगको बिभेदकारी बिज्ञापनको बिरोध भएपनि सरकार बेखबर भएकोमा संसदको ध्यानाकर्षण गराउनु भएको छ ।उहाले संसदमा भएको छ ।

बर्तमान ओली सरकारलाई भैसीको संज्ञा दिदै उहाले भन्नु भयो ‘सभामुख महोदय यो सरकार भैसी जस्तै भएको छ , भैसीको आगे केतनो बिन बजाइ, भैसी करे पघुराइ ’मधेसमा प्रसिद्ध रहेको यो उखानलाई बर्तामान ओली सरकारले चरितार्थ गरेकोमा संसदको ध्यानाकर्षण गराउनु आफु बाध्य भएको सांसद यादवको भनाइ रहेको थियो ।

राज्य व्यवस्थापन तथा सुशासन समितिले सबिधान विपरित लोकसेवा आयोगले प्रकाशित गरेको विभेदकारी बिज्ञापन रद गर्न निर्देशन दिएपनि अहिलेसम्म अटेरी गरिएकोमा बर्तमान ओली सरकार जिम्मेवार रहेको आरोप लगाउदै उहाले भन्नु भयो ,महिनौ देखि सडक र सदनमा आरक्ष बचाउन आवाज उठिरहेको छ,तर यो सरकार बेखबर छ ।’

Back to top