प्रहरीको सरुवा,बढुवाकाे जिम्मा प्रदेश सरकारलाई दिनु पर्दछ,सांसद यादव

94

वीरगन्ज २६ साउन । समाजवादी पार्टीका सांसद प्रदिप यादवले प्रदेश प्रहरी संचालनको सम्पुर्ण जिम्मेवारी प्रदेश सरकारलाई दिनु पर्ने सुझाव दिनु भएको छ ।

गृहमन्त्रालयद्धरा प्रदेश प्रहरी संचालन एवम व्यवस्थापन बारे संघीय संसदमा प्रस्तुत बिधेयक माथी  संघीय संसदमा बोल्दै सांसद   यादवले  भौगोलिक एवम  सांस्कृतिक विविधतालाई मध्य नजर गर्दै प्रदेश प्रहरीको न्युक्ति,सरुवा,बढुवा लगायत संचान तथा व्यवस्थापनको सम्पुर्ण जिम्मेवारी प्रदेश सरकारलाई दिनु पर्ने सुझाव दिनु भएको छ ।



पर्सा क्षेत्र नम्बर १का सांसद प्रदिप यादव आइतवार संघीय संसदमा बोल्दै राष्ट्रिय विविधतालाई मध्य नजर गर्नुको साथै संघीयताको मर्म अनुसार प्रदेश प्रहरी संचालन एवम व्यवस्थापनको बारेमा संसदमा प्रस्तुत गरिएको विधेकमा सुधारको आवश्यकता रहेको बताउदै ससदको माध्यमद्धारा गृहमन्त्रीको  ध्यानाकर्षण गराउनु  भएको थियो ।

मुलुकका सबै जनताले समान अधिकार पाउनु पर्दछ भन्ने बिचारको पक्षधर एवम संघीयता लागी लडीरहने गृहमन्त्रीको  ध्यानाकर्षण गराउदै सांसद प्रदिप यादवले प्रदेश प्रहरीको पोशाक,न्युक्ति,सरुवा,बढुवा तथासंचालन एवम व्यवस्थापनको सम्पुर्ण अधिकार प्रदेश सरकारलाई सुझाव दिदै प्रस्तुुत विधेकमा सुधार गर्दै संघीयताको मर्म अनुसारको कानुनि अधिकार दिन सांसद यादवको सुझाव समेत रहेको थियो ।