×

वीरगंज २० साउन । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ झौवामा सोमबार दुई पक्ष हनिफ अंसारी र मकमुल राउत गद्दी बिच बजेटको बिषयमा विवाद हुदा झडप भएकोे छ ।

स्थानिय हनिफ अंसारी र मकमुल राउत गद्दी बिच बजेटको बिषयमा विवाद हुदा झडप भएको प्रहरीले जनाएको छ । हनिफ वडाध्यक्ष सलमा खातुनको श्रीमान हुन ।

झडपमा परी हनिफ सहित ४ जना घाइते भएका छन । घाइते मध्ये समिम र नगिना खातुनको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको छ । अर्का घाइते हनिफको टाउकोमा र सहरुम राउत गद्दीको खुट्टामा चोट लागेको प्रहरी चौकी प्रसौनी भाठाले जनाएको छ ।

इद्रगाह निर्माणमा भएको खर्चको बिषयलाई लिएर विवाद हुदा झडप भएको स्थानियहरुले वताएका छन । स्थानियका अनुसार इद्रगाह निर्माणको लागि चुनावको समयमा निलम्बीत सांसद हरिनारायण रौनियारले चार हजार इन्टा र ४० वटा पिलहर दिएका थिए ।

यसका साथै इद्रगाह नजिकै रहेको रुख बिक्री गरी रु ६० हजार आम्दनी भएको थियो । तर पछि वडाध्यक्ष सलमाका श्रीमान हनिफले गाउँपालिकाबाट पनि इद्रगाह निर्माणका लागि रु ८ लाख निकास गराएका छन ।

स्थानिय एक जना युवा नाम नलेख्ने शर्तमा भने रौनियारले दिएको इन्टा, पिलर र रुख बिक्री गरेको रकम पनि इद्रगाह निर्माणमा लागेको छ र गाउँपालिकाको बजेट पनि लागेको छ । त्यसैको हिसाब किताब माग्दा हनिफ र मकमुल बिच विवाद भई झडप भएको हो ।

https://www.facebook.com/Kalikatimes/videos/420429191911043/

Back to top