×

वीरगन्ज १८ साउन । पर्साको बिन्दवासनी गाउपालिका वडा नम्बर ४ मधवल टोल निवासी जंगबहादुर चौरसियाको छोरा उपनेश चौरसिया श्रावण १४ गते अपहरणमा परेका थिए ।श्रावण १४ गते अपहरणमा परेका उपनेश चौरसिया श्रावण १६ गते अपहरणकारीको नियन्त्रणमा उम्कीन सफल भए ।

अपहरणकारीको नियन्त्रणबाट उम्कीन सफल भएका उपनेश चौरसिया नेपालको भिष्वा नाका हुदै नेपाल प्रवेश गरे । नेपाल प्रवेश गर्नसाथ आफ्नो आफ्न्तलाई खबर गरे ।

खबर गर्नसाथ उनका आफ्न्त भिष्वा पुगे । आफ्नो छोरा भेटेको सूचना पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरलाई दिएको उनका बुवा जंग बहादुर चौरसियाले बताए ।

नेपाल पत्रकार महासंघ पर्सामा आयोजना गरेको पत्रकार सम्मेलनमा जंग बहादुर चौरसियाले प्रहरी उपरीक्षक राठौरलाई खबर दिनसाथ आफुहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बोलाए । उहाले दिएको सल्लाह अनुसार आफुहरु जिल्ला प्रहरी कार्यालय पर्सामा त्यहि दिन उपस्थित भए । के कसरी अपहरणमा परेको बारे सबै प्रहरी उपरीक्षक राठौरलाई सुनाए ।

तर एसपी राठौर उल्टै हामीलाई धम्काउदै अपहरणको मुद्धा दर्ता नहुने भन्दै आफुहरुलाई धम्काउन थालेको पिडितका बुवा चौरसियाले बताए ।

पर्साको बिन्दवासनी गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अनुप चौरसियाले अपहरणको बिषयमा मुद्धा दिन जादा उल्टै प्रहरी उपरीक्षक आफुहरुलाई धमकाएको बताउनु भयो ।

आफु एउटा समाजसेवी र स्थानिय जनप्रतिनिधिको हैसियतले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलाई बिस्तृत रुपमा बताएपनि उल्टै धम्काएर पठाएको बताए ।

प्रहरी उपरीक्षक राठौरले नेपाली नागरिक भएपनि यो घटना भारतको हो, अपहरण मुद्धा दर्ता गराउन खोज्यो भने पुनः भारतमै पठाउने धम्काउदै आफुहरुलाई बाहिर निकालेको वडा अध्यक्ष अनुप चौरसियाले बताउनु भयो ।

बिन्दवासनी गाउपालिका वडा नम्बर ४ कै दुई जनाको सहयोगले अपहरणमा परेको पिडितले प्रहरीलाई बताएपनि उल्टै अपहरणकारीलाई संरक्षण दिएको पिडित पक्षको भनाई रहेको रहेको छ ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले केमरा अगाडी केही भन्न चाहेन्न । आफुले काम बिशेषले बाहिर आएको बताए ।

Back to top